Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशी कटानको त्रास : बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकार गुहार्दै स्थानीय तह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी कटानको त्रास : बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकार गुहार्दै स्थानीय तह
63
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : सप्तकोशी नदीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत श्रीलंका टप्पुको चिलैया तथा गरैया क्षेत्रमा तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

नदीले दैनिक ठूलो क्षेत्रफलको जमिन कटान गर्न थालेपछि करिब पाँच सय घरपरिवार उच्च जोखिममा परेका छन्।

साउन सुरु भएदेखि चिलैया, गरैया लगायतका क्षेत्रमा सप्तकोशीको कटान तीव्र बनेको स्थानीयले बताएका छन्। नदीको बहाव घटबढ हुँदा पानीको छालले बलौटे माटो खोतल्ने क्रम बढेपछि बस्ती र खेतीयोग्य जमिनतर्फ कटान बढेको स्थानीय अर्जुन चन्द्रवंशीले बताए।

कटान तीव्र भएपछि बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाले साउन ५ गतेदेखि स्थानीयको सहभागितामा नियन्त्रणको प्रयास थालेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयको सहभागितामा बाँस, झिक्रासहितका रुखका हाँगा र माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्ध निर्माण गरेर नदीको बहाव मोड्ने प्रयास भइरहेको कटान नियन्त्रण समितिका अध्यक्ष जयराम माझीले बताए।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाले आवश्यक माटो, बोरा लगायतका सामग्री उपलब्ध गराएको छ भने स्थानीय र सुरक्षाकर्मीले श्रमदानमार्फत कटान नियन्त्रणको काम गरिरहेका छन्।

तत्कालका लागि स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिए पनि कटान पूर्णरूपमा रोक्न नसकिएको उनले बताए।

नगर प्रमुख कार्कीले कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, कोशी–बक्राहा कटान नियन्त्रण आयोजना, जिल्ला प्रशासन कार्यालय तथा भारतीय पक्षसँग समेत समन्वय भइरहेको जानकारी दिए।

‘हामी बस्ती र हजारौँ हेक्टर खेतीयोग्य जमिन जोगाउन स्थानीयको सहभागितामा प्रयास गरिरहेका छौँ। तर स्थानीय तहको प्रयास मात्रै पर्याप्त छैन,’ कार्कीले भने, ‘संघीय सरकारले गम्भीर चासो दिन आवश्यक छ। संघीय प्रतिनिधिहरूबाट अपेक्षित सहयोग र चासो नदेखिँदा समस्या भएको छ।’

सप्तकोशीको पश्चिमतर्फको भूभाग कटान बढ्दै गएपछि श्रीलंका टापुका करिब पाँच सय घरपरिवार उच्च जोखिममा परेका छन्।

कटानको जोखिम सुनसरीको टप्पु क्षेत्रमा मात्रै सीमित नभई उदयपुरको बेलका नगरपालिका–१, २ र ३ तथा सप्तरीका कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी र छिन्नमस्ता क्षेत्रमा समेत रहेको स्थानीय तहले जनाएका छन्।

सप्तकोशी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलंका टापु सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ मा फैलिएको छ। टापुका अधिकांश बासिन्दा कृषि तथा पशुपालनमा निर्भर छन्।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोशी कटानको दीर्घकालीन समाधानका लागि संघीय सरकार अग्रसर हुनुपर्ने बताए। नदी कटानका कारण हजारौँ परिवार विस्थापित हुने अवस्था आउँदासमेत संघीय सरकार र संघीय प्रतिनिधिबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।

उनले कोशी कटान नियन्त्रणका लागि प्रदेश र संघीय सरकारसँगै भारतको बिहार सरकारसँग समेत समन्वय गरी दीर्घकालीन योजना बनाउनुपर्ने माग गरे।

Tags: कोशी कटानबराहक्षेत्ररमेश कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलमा झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

संखुवासभा : संखुवासभामा खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला परेका छन्। मकालु गाउँपालिका–५ मा साउन...

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

साउन २३, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३
जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

साउन २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलमा झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ

साउन २४, २०८३

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

साउन २३, २०८३
भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

साउन २३, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1112 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.