Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

रासस by रासस
साउन २६, २०८३
in विविध, समाचार
0
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
53
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।

पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो ।

स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको जनाइएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले दुई करोड ६१ लाख ४८ हजार ८३५ लागतमा बेलिब्रिज जडान गर्न लागिएको जानकारी दिए ।

“पिखुवा खोलामा बेलिब्रिज निर्माणको काम अघि बढाएका छौँ”, प्रमुख रेड्डीले भने, “अहिले आवश्यक प्रक्रिया पूरा भइसकेको छ । वर्षात् कम हुनासाथ निर्माण कार्य सुरु गर्ने तयारीमा छौँ ।”

निर्माणको जिम्मा राउन कन्स्ट्रक्सन, उदयपुरले लिएको छ । आगामी भदौको पहिलो सातादेखि निर्माण सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै मोटरेबल बेलिब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

धेरै समयको मेहनतपछि बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उनले बताए ।

“धेरै समयको पहल कदमी र मेहनतपश्चात् फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएका छौँ”, अध्यक्ष राईले भने, “मोटरेबल पुल नहुँदा वर्षौंदेखि स्थानीयले सास्ती खेप्दै आएको अवस्था छ । पुल निर्माणसँगै यातायात अझ सहज बन्नेछ । यो हाम्रो क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको पनि आयोजना हो ।”

उनका अनुसार पुल निर्माण सम्पन्न भएपछि अरुण करिडोरसँग सहज रूपमा जोडिँदै तिवारी भञ्ज्याङबाट धरानसम्मको दूरी ८१ किलोमिटरमा सीमित हुनेछ ।

यसले यातायात, व्यापार तथा सेवा प्रवाहमा सुधार ल्याउने अध्यक्ष राईको भनाइ छ ।

स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पुलको अभावका कारण वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको छ ।

खासगरी पुल निर्माणपछि स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने स्थानीयवासी सरोज राईले बताउँछन् । यहाँ बेलिब्रिज निर्माण अघि बढ्नु आवश्यक कदम रहेको उनको भनाइ छ ।

Tags: #भोजपुरबेलिब्रिज
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति
समाचार

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

इटहरी : देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको शव नेपाली सेनाको हेलिकोप्टरबाट गाउँ लैजाने सहमति भएको छ। रवीन्द्रका...

शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    442 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.