Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ । धिमाल धुराबाट चारआलीतर्फ आउँदै गरेको प्र. १०–०१–००२ ह ८४६८ नम्बरको सिटीले पैदल हिँडिरहेका पराजुलीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पराजुलीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सिटी र चालक भद्रपुर–३ का ४२ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ।

चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । सिटीको कागजपत्र नरहेको र चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरण छ ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–९ को भित्री पक्की सडकमा स्कुटरको ठक्करबाट करिब ७५ वर्षीया बेग्रि राजवंशीको मृत्यु भएको छ ।

लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र.१–०२–०५३ प ६६५१ नम्बरको १२५ सीसीको स्कुटरले बाटो काट्दै गरेकी राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई गोल्डेन अस्पताल विराटनगर पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः५४ बजे मृत घोषणा गरेका थि ए।

दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र स्कुटरमा सवार १८ वर्षीय रुमन खवाससमेत घाइते भएका छन् । दुवैको विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति रहेको जनाएको छ ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–४ धर्मकाँटस्थित महेन्द्र राजमार्गमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०१–०२–००२ ख १२५५ नम्बरको बसको ढोकाबाट अचानक खस्दा करिब २३ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा बिहान ८ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रारम्भमा पहिचान खुल्न नसकेका मृतकको पछि विराटनगर महानगरपालिका–१२ का २३ वर्षीय ईश्वर श्रेष्ठ रहेको खुलेको प्रहरीले जनाएको छ । उनका काका बुद्धि श्रेष्ठले शवको सनाखत गरेका हुन् ।

प्रहरीका अनुसार बसको ढोका खुला राखेर यात्रा गराउँदा सहचालक बसबाट खसेका थिए । बस र चालक रौतहट चन्द्रपुर नगरपालिका–६ का ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगर प्रहरी नियन्त्रणमा छन् ।

तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

by रासस
भदौ २०, २०८३
0

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’...

धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन