Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

सुनम रेग्मी by सुनम रेग्मी
भदौ २३, २०८३
in समाचार
0
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट करिब ५.८ किलो गाँजा र २७ ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको जनाएको छ ।

इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलबाट प्रहरीले ४६ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको छ ।

लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी पुष्पलाल चोकबाट खटिएको संयुक्त टोलीले चौधरीलाई शंका लागि जाँच गर्दा उनको साथबाट ०.८७ ग्राम ब्राउनसुगर र ३.९४ किलो गाँजा बरामद गरेको हो ।

यस्तै, देवानगञ्ज गाउँपालिका–७ स्थित रमेश यादवको घरअगाडि रहेको मिलघरमा लुकाइराखेको अवस्थामा १.९६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा प्रहरीले स्थानीय १९ वर्षीय रामबाबु यादव तथा भारत अररिया जिल्ला सोनापुर पञ्चायत–६ का १९ वर्षीय सोनु मेहता र पोसदाहा पञ्चायत–६ का २६ वर्षीय सुमित संगम मेहतालाई नियन्त्रणमा लिएको छ ।

इटहरी–१६ मित्तेरी टोलबाट पनि प्रहरीले इटहरी–१७ का १९ वर्षीय अबु खानलाई ०.१९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इटहरी–१० डिभिएम बोर्डिङ छेउबाट १७ वर्षीय शिबु मण्डल ०.३९ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो ।

यसैगरी, बराहक्षेत्र नगरपालिका–११ मधुवन बुधबारेबाट प्रहरीले २५.६३ ग्राम ब्राउनसुगर पदार्थसहित ४० वर्षीय कर्णबहादुर राईलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश ०१–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकल जाँच गर्दा राईको साथबाट उक्त पदार्थ बरामद गरेको हो ।

प्रहरीले पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयमा राखी लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags: #पक्राउ#लागूऔषध
सुनम रेग्मी

सुनम रेग्मी

Related Posts

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)
FEATURE BREAKING

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

नेपालमा विपत्ति आउनु अब असामान्य घटना रहेन । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपले बर्सेनि नेपाली जनजीवनलाई...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.