नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो । तर पछिल्ला दशकमा यही हिमाल पर्यावरण प्रदूषणको असरले तीव्र गतिमा परिवर्तन भइरहेको छ ।
तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने क्रम तीव्र भएको छ, नयाँ हिमताल बन्ने र पुराना हिमताल विस्तार हुने क्रम पनि बढेको छ । यी ताललाई थामेर राख्ने प्राकृतिक मोरेन बाँध कमजोर हुँदा अचानक ताल फुटेर आउने बाढी अर्थात् (ग्यासियल लेक आउटब्रष्ट फ्लोड) को जोखिम बढेको छ ।
इसिमोडले हिमाली क्षेत्रमा गरेको पछिल्लो अध्ययन अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा सन् १९७५ पछि हिमनदीको क्षयको दर दोब्बर भएको छ । सन् १९७५ यता अनुगमन गरिएका ३८ हिमनदीमा कतिपय स्थानमा २७ मिटरसम्म बरफको मोटाइ घटेको पाइएको छ । सन् १९७५ देखि २०२० बीच मात्रै हिन्दूकुश हिमालयका हिमनदीको क्षेत्रफल करिब १२ प्रतिशत घटेको छ ।
नेपालमा हिमताल विस्फोट नयाँ घटना होइन । तर जलवायु परिवर्तनका कारण यसको सम्भावित जोखिम नयाँ चरणमा प्रवेश गरेको छ ।
इसिमोड र यु.एन.डि.पि.को सन २०२० को अभिलेख अनुसार सन् १९७७ यता नेपालले २६ वटा हिमताल फुटेका घटना भोगिसकेको छ, जसमध्ये १४ वटा हिमताल फुटेका घटना नेपालमै उत्पति भएका थिए ।
हिमताल कसरी फुट्छ ?
हिमनदी पछाडि हट्दै जाँदा त्यसको अगाडि वा छेउमा पानी जम्मा भएर हिमताल बन्छ । धेरै हिमताललाई ढुंगा, माटो, बालुवा र हिमनदीले बनाएको कमजोर प्राकृतिक बाँध अर्थात् मोरिन ड्याम ले थामिरहेको हुन्छ ।
तालमा पानीको मात्रा बढ्दै जाँदा बाँधमाथिबाट पानी बग्न थाल्छ । त्यसमाथि हिमपहिरो, चट्टान खस्ने घटना, भारी वर्षा, भूकम्प वा हिमनदीको ठुलो टुक्रा तालमा खस्दा ठुलो छाल उत्पन्न हुन्छ र त्यसले प्राकृतिक बाँध फुटाउँदा केही मिनेटमै लाखौँ घनमिटर पानी तलतिर बग्न बग्दछ ।
त्यसैले (ग्यासियल लेक आउटब्रष्ट फ्लोड, जि.एल.ओ.एफ.) लाई ‘हिमताल फुटेको घटना’ मात्र नभई हिमनदी–हिमताल–हिमपहिरो–बाढीको श्रृंखलाबद्ध प्राकृतिक विपद् का रूपमा बुझ्नुपर्ने विज्ञहरूको धारणा छ ।
नेपालका २६ जि.एल.ओ.एफ. को श्रृङ्खला
आजभन्दा ४५ वर्षअघि माछापुच्छ्रे हिमालको ग्लेसियरबाट बनेको हिमताल फुटेर ठुलो मात्रामा माटो, ढुङ्गा, गिटी, बालुवा बगाउँदै पोखारा सम्म ल्याएको थियो । जसले धनजनको क्षति गरेको थियो । त्यो बाढी सेतीखेलामा प्रवेस गरेर पोखरा हुँदै बगेको बताईन्छ । यो बाढीले ५ मिटरसम्म गेग्र्यान थुपारेको विभिन्न अध्यनले देखाएको छ ।
सन् १९७७ सेप्टेम्बर ३ तारिखका दिन सोलुखुम्बु जिल्लाको नारेताल बिष्फोट हुँदा ३ जनाको मृत्यु, ३५ किलो मिटर तलसम्मका झोलुङ्गे पुल, साघु, बेलीब्रिज लगायतका सामग्री तथा संरचनाहरू ध्वस्त भएका थिए । नारे क्षेत्रमा रहेको तालमा माथिबाट ग्लासियर पग्लेर आएको पानी थपिएपछि प्राकृतिक बाँध भत्कियो र दूधकोशी नदीमा ठूलो बाढी आयो ।
त्यस्तै, ताप्लेजुङको ४ हजार ९ सय मिटरको उचाईमा रहेको याङमा क्षेत्रको वि.सं.२०३७ साल असार ९ गते हिमताल बिष्फोट भएर यामा खोलामा खस्दा ठुलो बाढी आएको थियो । याङ्मादेखि तमोरनदीमा मिसिएर उक्त बाढीले किनारका बस्तीहरु डुबाउँदै यो बाढी ७१ कि.मि. तलसम्म आएको थियो । त्यही समयमा ताप्लेजुङ सदरमुकाम भन्दा तलको दोभानबजार पुरै डुबाएको थियो भने त्यहाँका मानिसहरू विस्थापित भएका थिए ।
त्यसैगरी वि.सं.२०३८ साल असार २७ गते तिब्बतको झाङझाङ हिमताल विष्फोट भएर भोटेकोशीमा बाढी आयो । त्यो बाढीले अहिलेको तातोपानी नका हुँदै सुनकोशीमा आएर मिसियो र भोटेकोशीदेखि सुनकोशी सम्मका सबै नदि किनारका बस्तीहरुलाई बाढीले छोपेको थियो । नेपालका लागि यो बढीले निक्कै ठुलो क्षति पु¥याएको थियो ।
हिमताल विष्फोटको अर्काे घटना, वि.सं. २०४२ साउन २० को दिन त्सो हिमताल विष्फोट हो । सोलुखुम्बु जिल्लाको, खुम्बु क्षेत्रको लाङमोचे उपत्यकामा रहेको दिग त्सो हिमतालमा लाङमोचे हिमनदीबाट करिब १ लाख ५० हजार घनमिटरको हिमपहिरो खसेपछि उत्पन्न ठुलो छालले तालको मोरेन(प्राकृतिक) बाँध भत्कायो ।
त्यसपछि करिब ५–१० मिलियन घनमिटर पानी केही घण्टामै बाहिरिएर भोटेकोशी हुँदै दूधकोशीमा विनाशकारी हिमताल विस्फोटजन्य बाढी (न्ीइँ) आयो। बाढीको चरम बहाव करिब १,६००–२,००० घनमिटर/सेकेन्ड पुगेको अनुमान छ ।
बाढीले लगभग पूर्ण हुन लागेको नाम्चे सानो जलविद्युत् आयोजना, १४ पुल, करिब ३० घर, खेतीयोग्य जमिन र पदमार्गमा ठुलो क्षति पु¥यायो । करिब ५ जनाको मृत्यु भएको र बाढीको प्रभाव करिब ९० किलोमिटरसम्म तल पुगेको अभिलेख छ । यस घटनाबाट भएको आर्थिक क्षति करिब १.५ मिलियन अमेरिकी डलर भएको बताइएको छ ।
वि.सं. २०४८ असार २८ गते दोलखा जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेको चुम्बुङ ताल विस्फोट हुँदा तामाकोशी नदीमा बाढी आएको थियो । बाढीका कारण तामाकोशी नदी आसपासका घर, खेतीयोग्य जमिन तथा अन्य स्थानीय संरचनामा क्षति पुगेको अभिलेख छ । यो बाढीले तामाकोशी जलाधारमा रहेका हिमतालबाट भविष्यमा आउन सक्ने बाढीको जोखिमलाई उजागर गरेको थियो ।
वि.सं. २०३९ भदौ ११ गते अरुण जलाधारको जिङ्को क्षेत्रमा हिमनदीबाट आएको ठुलो पानीको बहावले तल्लो क्षेत्रमा क्षति पु¥याएको थियो । अचानक बढेको हिमनदीजन्य बहावका कारण पशुधन तथा खेतीयोग्य जमिनमा क्षति पुगेको अभिलेख छ । यस घटनाले हिमताल मात्र नभई हिमनदीको अचानक बढ्ने बहावसमेत हिमाली बस्ती, कृषि भूमि र स्थानीय जीविकोपार्जनका लागि गम्भीर जोखिम बन्न सक्ने देखाएको थियो ।
(वि.सं. २०५५ भदौ १८ गते) सोलुखुम्बुको ताम पोखरीमा हिमपहिरो खसेपछि हिमताल विस्फोटजन्य बाढी (GLOF) आएको थियो ।
हिमपहिरोका कारण तालमा ठूलो हलचल उत्पन्न भई पानीको बहाव अचानक बढेपछि दूधकोशी नदीमा बाढी आएको थियो । यस घटनाबाट मानवीय तथा ठूलो भौतिक क्षति भएको अभिलेख छ । आइसीआइएमओडीको अभिलेखअनुसार घटनाबाट भएको आर्थिक क्षति करिब ७ करोड ६० लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ । ताम पोखरीको घटनाले हिमपहिरोका कारण हिमताल विस्फोट हुँदा दूधकोशी जलाधारमा हुन सक्ने जोखिमलाई समेत उजागर गरेको थियो ।
८. १५ अगस्ट २००३ – कावाचे ताल, कास्की/मादी क्षेत्र (कास्कीको मादी क्षेत्रमा हिमतालको मोरेन बाँध भत्किँदा बाढीको जोखिम)
१५ अगस्ट २००३ (वि.सं. २०६० साउन ३० गते) कास्कीको मादी क्षेत्रमा रहेको कावाचे तालमा मोरेन बाँध भत्किँदा हिमताल विस्फोटजन्य बाढी (GLOF) को घटना भएको अभिलेख छ । हिमताललाई थामेको प्राकृतिक मोरेन बाँध कमजोर भई भत्किएपछि तालको पानी बाहिरिँदा मादी नदी प्रणालीमा बाढीको जोखिम बढेको थियो । घटनाबाट भएको विस्तृत आर्थिक तथा भौतिक क्षतिको स्पष्ट विवरण अभिलेखमा उपलब्ध छैन, त्यसैले यसलाई क्षतिको विस्तृत तथ्यांक नभएको GLOF घटनाका रूपमा अभिलेखित गरिएको छ ।
९. ८ अगस्ट २००४ — कावाचे ताल, मादी
कावाचे तालमा पुनः मोरेन बाँध अस्थिर, GLOF को जोखिम बढ्यो
८ अगस्ट २००४ (वि.सं. २०६१ साउन २४ गते) मादी नदी जलाधारको कावाचे ताल क्षेत्रमा मोरेन बाँधको अस्थिरतासँग सम्बन्धित हिमतालजन्य बाढीको घटना भएको थियो । प्राकृतिक रूपमा बनेको मोरेन बाँध कमजोर हुँदै गएपछि तालको पानी अचानक बाहिरिन सक्ने अवस्था सिर्जना भएको थियो । उपलब्ध अभिलेखमा यस घटनाबाट भएको विस्तृत क्षतिको विवरण सीमित रहेको छ। कावाचे क्षेत्रमा दोहोरिएको यस्तो जोखिमले हिमतालको नियमित अनुगमन र मोरेन बाँधको अवस्थाको मूल्यांकन आवश्यक रहेको देखाएको थियो ।
१०. मिति अज्ञात — बरुण खोला, सङ्खुवासभा
बरुण खोलामा मोरेन बाँध भत्किँदा GLOF, क्षतिको विवरण अस्पष्ट
सङ्खुवासभाको बरुण खोला क्षेत्रमा मोरेन बाँध भत्किएपछि हिमताल विस्फोटजन्य बाढी (GLOF) आएको अभिलेख छ । मोरेन बाँध भत्किएपछि हिमतालको पानी अचानक बाहिरिँदा बरुण खोलाको बहाव तीव्र बनेको थियो । यद्यपि घटनाको ठ्याक्कै मिति तथा मानवीय र भौतिक क्षतिको यकिन विवरण उपलब्ध छैन । बरुण खोला अरुण नदी प्रणालीसँग जोडिएकाले यहाँ हुने हिमताल तथा हिमनदीजन्य परिवर्तनले तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाउन सक्ने देखिन्छ ।
११. मिति अज्ञात — बरुण खोला, सङ्खुवासभा
बरुण जलाधारमा अर्को GLOF, मोरेन बाँध भत्किँदा बाढीको जोखिम
सङ्खुवासभाको बरुण खोला क्षेत्रमा अर्को हिमताल विस्फोटजन्य बाढीको घटना पनि अभिलेखमा उल्लेख छ । यस घटनामा मोरेन बाँध भत्किएर तालको पानी बाहिरिएको थियो र बरुण खोलामा बाढीको अवस्था सिर्जना भएको थियो । उपलब्ध अभिलेखमा घटनाको ठ्याक्कै मिति तथा मानवीय, भौतिक र आर्थिक क्षतिको विस्तृत विवरण उपलब्ध छैन । बरुण क्षेत्रका हिमताल र मोरेन बाँधको अस्थिरताले भविष्यमा पनि GLOFको जोखिम निम्त्याउन सक्ने भएकाले नियमित निगरानी आवश्यक देखिन्छ ।
१२. मिति अज्ञात — चोकर्मा छो, सोलुखुम्बु
चोकर्मा छोमा मोरेन बाँध फुट्दा दूधकोशीमा GLOFको जोखिम
सोलुखुम्बुको चोकर्मा छो हिमतालमा मोरेन बाँध फुटेपछि हिमताल विस्फोटजन्य बाढी (न्ीइँ) आएको अभिलेख छ । प्राकृतिक रूपमा बनेको मोरेन बाँध भत्किएपछि तालको पानी अचानक बाहिरिँदा दूधकोशी नदी प्रणालीमा बाढीको जोखिम सिर्जना भएको थियो । उपलब्ध अभिलेखमा यस घटनाबाट भएको क्षतिको यकिन विवरण उपलब्ध छैन । चोकर्मा छोको घटनाले खुम्बु क्षेत्रमा रहेका मोरेन बाँधयुक्त हिमतालको नियमित अनुगमन र जोखिम मूल्यांकनको आवश्यकता देखाएको छ ।
१३. मिति अज्ञात — मुस्ताङको एक हिमताल
मुस्ताङमा मोरेन बाँध फुट्दा कालीगण्डकी जलाधारमा GLOF
मुस्ताङको उच्च हिमाली क्षेत्रमा रहेको एक हिमतालमा मोरेन बाँध फुटेर हिमताल विस्फोटजन्य बाढी (GLOF) आएको अभिलेख छ । हिमतालको प्राकृतिक बाँध भत्किएपछि बाहिरिएको पानी कालीगण्डकी नदी प्रणालीतर्फ बगेको थियो । तर घटनाको ठ्याक्कै मिति, हिमतालको नाम र क्षतिको विस्तृत विवरण उपलब्ध अभिलेखमा अपूर्ण रहेको छ । कालीगण्डकी जलाधारसँग जोडिएका हिमतालमा हुने यस्तो घटना तल्लो तटीय बस्ती, कृषि क्षेत्र तथा पूर्वाधारका लागि सम्भावित जोखिमका रूपमा लिइन्छ ।
१४. मिति अज्ञात — मुस्ताङको अर्को हिमताल
मुस्ताङको अर्को हिमतालमा GLOF, कालीगण्डकी जलाधार प्रभावित
मुस्ताङको उच्च हिमाली क्षेत्रमा रहेको अर्को हिमतालमा हिमताल विस्फोटजन्य बाढी (GLOF) भएको अभिलेख छ । तालको पानी अचानक बाहिरिएपछि कालीगण्डकी नदी प्रणालीमा बाढीको सम्भावित प्रभाव परेको थियो । उपलब्ध तथ्यांकमा घटनाको ठ्याक्कै मिति, हिमतालको नाम र क्षतिको विस्तृत विवरण यकिन हुन सकेको छैन । मुस्ताङका हिमतालमा जलवायु तथा हिमनदीको परिवर्तनसँगै मोरेन बाँध अस्थिर हुने सम्भावना रहेकाले यस्ता तालको नियमित वैज्ञानिक अनुगमन महत्वपूर्ण मानिन्छ ।
मुगु तथा कर्णाली क्षेत्रसँग सम्बन्धित हिमाली भूभागमा हिमताल विस्फोटजन्य बाढी पहिरो गएको पाईन्छ । हिमतालको प्राकृतिक बाँध वा मोरेन संरचना कमजोर भएर पानी अचानक बाहिरिँदा तल्लो जलाधारमा बाढीको जोखिम उत्पन्न भएको थियो ।
(वि.सं. २०५५ भदौ १८ गते सोलुखुम्बुको ताम पोखरीमा हिमपहिरो खसेपछि हिमताल विस्फोटजन्य बाढी आएको थियो । हिमपहिरोका कारण तालमा ठूलो हलचल उत्पन्न भई पानीको बहाव अचानक बढेपछि दूधकोशी नदीमा बाढी आएको थियो ।
यस घटनाबाट मानवीय तथा ठूलो भौतिक क्षति भएको अभिलेख छ । ICIMOD को अभिलेखअनुसार घटनाबाट भएको आर्थिक क्षति करिब ७ करोड ६० लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ । ताम पोखरीको घटनाले हिमपहिरोका कारण हिमताल विस्फोट हुँदा दूधकोशी जलाधारमा हुन सक्ने जोखिमलाई समेत उजागर गरेको थियो ।
वि.सं. २०६० साउन ३० गते कास्कीको मादी क्षेत्रमा रहेको कावाचे तालमा मोरेन बाँध भत्किँदा हिमताल विस्फोटजन्य बाढी आयो ।
हिमताललाई थामेको प्राकृतिक मोरेन बाँध कमजोर भई भत्किएपछि तालको पानी बाहिरिँदा मादी नदी प्रणालीमा बाढीको जोखिम बढेको थियो ।
उक्त बाढीले नदी तटीय क्षेत्रमा ठुलो क्षति पु¥याएको जिल्ला दैविकप्रकोप उद्धार समितिको रेकर्डमा उल्लेख छ । त्यस्तै वि.सं. २०६१ साउन २४ गते पनि मादी नदी जलाधारको उक्त कावाचे ताल क्षेत्रमा प्राकृतिक बाँध भत्किएर क्षति पुर्याएको थियो ।
वि.सं. १९९२ साउन २२ गते तिब्बतको तारा छो हिमताल फुट्दा सुनकोशी नदीमा बाढी आएर खेती तथा पशुधनमा क्षति पु¥याएको थियो । हिमताल विस्फोट भएपछि त्यसको प्रभाव नेपालतर्फको सुनकोशी नदी प्रणालीमा परेको अभिलेख छ ।
हिमताल फुटेर आएको पानी तथा गेग्रानले सुनकोशी नदी तटीय क्षेत्रमा नेपालतर्फ करिब ६६,७०० वर्गमिटर खेतीयोग्य जमिन तथा पशुधनमा क्षति पुगेको थियो ।
त्यस्तै, वि.सं. २०२१ साल भदौ ९ गते तिब्बतको लोंग्दा हिमताल विस्फोट हुदा त्रिशूली नदी क्षेत्रमा ठुलो परिमाणमा पानी बाहिरिएपछि त्यसको प्रभाव त्रिशूली नदी प्रणाली हुँदै नेपालतर्फ परेको थियो ।
वि.सं.२०२१ असोज ५ गते तिब्बतको गेल्हाइपुको हिमताल विष्फोट हुँदा अरुणमा हिमनदीमा अचानक बहाव बढ्दा करिब ९ कि.मि. सडक भत्किनुका साथै एक दर्जन सामान बोकेर गएका १२ वटा ट्रकमा क्षति पुगेको थियो ।
भोटेकोशी बाहेक हिमताल विष्फोटको सबैभन्दा पछिल्लो घटनाको रूपमा थामे सोलुखुम्बुको घटनालाई लिइन्छ । थामेको शिरानमा रहेका दुई वटा हिमताल फुट्दा विनाशकारी बाढी आएर २५ घर ध्वस्त बनाई १ सय ३५ जना विस्थापित भएका थिए ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे क्षेत्रमा दुईवटा हिमताल फुटेपछि थामेको शिरानमा करीब ५,००० मिटर उचाइमा रहेको माथिल्लो हिमतालमा बरफ खसेका कारण पानीको बहाब बढ्न गई हिमताल फुट्यो र त्यसबाट निस्किएको पानीले अर्को तालसमेत फुटाएर करिब ५ लाख घनमिटर पानी बाहिरिएको थियो । एक्र पानीले बगाएको गेग्रान करिब ८ किलोमिटर तलसम्म पुगेर थामे गाउँलाई पुरै लेदोले छोपेको थियो ।
त्यस घटनामा विद्यालय, स्वास्थ्य संस्था, होटल, पुल र जलविद्युत् संरचनामा ठुलो क्षति पुगेको थियो । थामे घटनाले सगरमाथा क्षेत्रलाई पछिल्ला दशकमा हिमताल विष्फोटको स्वरूप र त्यसको संभावित खतरा देखाउँदै हिमतालको जोखिमबारे चेतावनी दिएको छ ।
हिमालमा जोखिम, असर पहाड हुँदै तराईसम्म
हिमताल विष्फोटको घटना हिमालमै सीमित विपद् होइन । हिमतालबाट आएको ठुलो पानी नदीको बहावसँग मिसिएपछि त्यसको असर सयौँ किलोमिटर तलसम्म पुग्न सक्छ । यसको पहिलो प्रहारमा हिमाली क्षेत्र पर्दछ भने यसले हिमताल वरपर रहेका बस्ती, गोठ, पर्यटन पूर्वाधार, पदमार्ग र पर्वतारोहण शिविरहरू सबैभन्दा बढी जोखिममा रहन्छन् ।
यसबाट हिमताल फुट्ने, हिमपहिरो आउने, पुल बगाउने, पदमार्ग काटिने, होटल तथा घरहरू बगाउने, जलविद्युत् आयोजना क्षतिग्रस्त हुने जस्ता समस्या तत्काल देखिन्छन् । त्यसपछि यसको दोस्रो असर पहाडी क्षेत्रमा पर्दछ । हिमताल फुटेको पानी साँघुरा पहाडी खोँचमा प्रवेश गर्दा बहावको शक्ति अझ बढ्न गई सडक, झोलुंगे तथा मोटरेबल पुल, जलविद्युत् आयोजना, खानेपानी आयोजना, सिंचाइ प्रणाली, बजार तथा नदी किनारका बस्तीमा ठुलो क्षति पुग्दछ ।
त्यसपछि तेस्रो तहको असर तराई क्षेत्रमा पर्दछ । हिमालबाट आएको ठुलो बाढी पहाडी नदी हुँदै तल्लो भूभागमा पुग्दा त्यसमा पहिरो, गेग्रान र साना खोलाहरूको पानी मिसिदाँ नदीको बहावमा अझ बढी असर पर्दछ ।
यसले तल्लो तटीय क्षेत्रका कृषि जमिन, बस्ती, सडक, पुल, विद्युत् तथा सिंचाइ संरचना ध्वस्त पार्दछ । तराईका खेतीयोग्य जमिन लेदो माटोले पुरिन्छन्, नदी किनारका बस्ती र साना सहरहरू सखाप बनाउँदछ । साथै सडक, विद्युत, खानेपानी र सिंचाईका संरचना ध्यस्त पार्दै मानव जीवनलाई नै तहस नहस बनाउँदछ ।
तापक्रम बढ्दै जाँदा त्यसको असरले हिमनदी पातलिँदै र पछाडि हट्दै जान्छ । प्रिणामस्वरूप नयाँ हिमताल बन्ने र पुराना ताल विस्तार हुने सम्भावना बढ्छ । ठुलो हुँदै गएको तालमा पानीको दबाब बढ्दै जान्छ र कमजोर मोरेन बाँध (प्राकृतिक बाँध) का कारण अचानक विस्फोटको जोखिम बढ्छ । जसले गर्दा हिमतालमा ठुलो बरफ वा चट्टान खस्दछ र त्यसबाट उत्पन्न पानीको बहाबले बाँध फुट्न सक्छ ।
थामेमा यही श्रृंखला देखिएको अध्ययनले पुष्टि गरेको छ । त्यस्तै, क्लाईमेट चेन्जका कारण कहिलेकाहीँ वर्षे पानी पर्दैन भने कहिलेकाहीँ हिमाली क्षेत्रमा अत्याधिक हिउँ र पहाडी क्षेत्रमा अत्यधिक वर्षा हुने गर्दछ । जसले गर्दा ताल तथा हिमनदी क्षेत्रमा पानीको मात्रा अचानक बढ्न सक्छ र हिमताल तथा ग्लासियल पग्लिएर हिमताल विष्फोट भई बाढीको खतरा बढ्दछ ।
जोखिममा कोशी नदी बेसिन
नेपालमा ग्लयासियल जोखिम सबैभन्दा बढी कोशी नदी बेसिनमा केन्द्रित देखिन्छ । यु.एन.डि.पि.र इसिमोडको सन २०२० को सर्वेक्षणले नेपाल, चीन र भारतमा गरी ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २५ चीनमा, २१ नेपालमा र एउटा भारतमा पर्दछन् । यी ४७ मध्ये ४२ वटा कोशी बेसिनमा थिए भने गण्डकीमा तीन र कर्णालीमा दुई वटा रहेको प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनले पूर्र्वी नेपाल विशेषगरी सगरमाथा, मकालु–बरुण, कञ्चनजंघा र कोशी प्रणालीमा सबै भन्दा बढी खतरा रहेको र ती स्थानहरूलाई विशेष निगरानी गर्नु पर्ने आवश्यकता रहेको प्रतिवेदनले देखाएको छ ।
हिमनदी पग्लँदै जाँदा जोखिमको अर्काे चरण
इसिमोडको सन २०२६ को अध्ययनले सन २०२० पछि हिमनदी क्षयको दर दोब्बर भएको देखाएको छ । प्रतिवेदनमा सन १९९० देखि २०२० को बीचमा हिमनदी क्षयको दर १२ प्रतिशतले घटेको छ । यसको अर्थ अहिलेको जोखिम हिमताल विष्फोट र त्यसको असर मात्र होइन भविष्यमा नेपालले एउटै समयमा हिमताल विस्फोट, पहिरो, हिमपहिरो, बाढी र पानीको मौसमी अभाव जस्ता बहु–विपद्को सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ ।
अबको बाटो : हिमताल हेर्ने होइन, जोखिम बुझ्ने समय
नेपालले उच्च हिमाली क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको नियमित निगरानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । जसका लागि सेटलाईट, ड्रोन, अटोमेटिक सेन्सरको प्रयोग र फिल्ड सर्भेका माध्यमबाट तालको आकार र मोरेन बाँधको नियमित मापन तथा अनुगमन गर्नु पर्दछ ।
हिमताल फुटेपछि सूचना दिने होइन, फुट्नुअघि नै तल्लो तटीय क्षेत्रका बस्तीमा पूर्वसूचना प्रणाली विस्तार गरी चेतावनी पुग्ने प्रणालीको बिकाश गरिनु पर्दछ । त्यसैगरी सिमापार सुचना आदान प्रदानको नेपाल र चीन बीच एउटा सिष्टम बनाई नियमित सुचना प्रवाह गर्नु पर्दछ ।
त्यस्तै, जोखिमयुक्त बस्तीको भू–उपयोग योजना निर्माण गरी नदी किनार र सम्भावित हिउँ पहिरो जाने स्थान र वा क्षेत्रमा मार्गमा नयाँ बस्ती, होटल र महत्वपूर्ण पूर्वाधार निर्माण गर्दा सम्भावित खतरा मापन अनिवार्य गरिनुपर्छ र त्यसको आधारमा निर्माण बिस्तारलाई ब्यवस्थित गरिनु पर्दछ ।
यसैगरी भविष्यको अत्यधिक बाढीलाई ध्यानमा राखेर जलविद्युत, पुल र सडकको डिजाइन तयार गर्नु पर्दछ । बढी र हिउँ पहिरोको क्षति न्यूनीकरण गर्न स्थानीय समुदायलाई तालिम दिई पूर्वसूचना पाएपछि कहाँ जाने, कुन बाटो सुरक्षित हुन्छ र कति समयभित्र उच्च स्थानमा पुग्ने भन्ने जानकारी स्थानीय समुदायलाई पहिल्यै हुनुपर्छ ।
हिमालको चेतावनीलाई बेवास्ता गर्नु हुँदैन
नेपालमा ग्ल्यासियल पग्लिएर हिउँपहिरो गएकोे इतिहास सयौँ वर्ष पुरानो भए पनि पछिल्लो समय यसको जोखिम जलवायु परिवर्तनसँगै नयाँ स्वरूपमा देखिन थालेको छ । सन् १९७७ को नारे घटनादेखि सन १९८५ को दिग त्सो, सन १९९८ को ताम पोखरी हुँदै सन् २०२४ को थामेको बाढीसम्म आइपुग्दा एउटा कुरा स्पष्ट हुन्छ कि हिमालमा हुने परिवर्तनको असर हिमालमै रोकिदैँन ।
हिमनदी पग्लिँदा हिमताल बढ्छ । हिमताल बढ्दा प्राकृतिक बाँधमा दबाब बढ्छ । बाँध फुट्दा बाढी नदीमा मिसिन्छ । नदीले पहाडको संरचना बगाउँदै तलतिर लैजान्छ र अन्ततः यसको प्रभाव मानिसको घरदेखि सडक, पुल, जलविद्युत, पर्यटन, कृषि र राष्ट्रिय अर्थतन्त्रसम्म पुग्दछ ।
त्यसैले अब हिमाललाई पर्यटन र गौरवको प्रतीकका रूपमा हेरेर पुग्दैन । हिमालको स्वास्थ्य नेपालको भविष्यको सुरक्षा हो ।
अर्थात् “स्वास्थ्य हिमाल, सुरक्षित नेपाल” आज हिमनदीमा देखिएको एउटा सानो परिवर्तन भोलि हिमतालमा ठुलो जोखिम बन्न सक्छ र हिमतालको त्यो जोखिम अर्काे दिन पहाड र तराईको संरचना, धन र जन सबै सखाप पार्ने खतरा बन्न सक्छ । अब प्रश्न हिमाल पग्लिन्छ कि पग्लिँदैन भन्ने होइन, त्यसबाट उत्पन्न हुने जोखिमका लागि नेपाल कति तयार छ भन्ने हो ।

















Discussion about this post