गजल – १
हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी ।
उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी !!
सयौँ टुक्रा परेको दिल मिलेको भान भैहाल्ने
कुनै हेराइ आँखाको बनेको हो सियो दामी ॥
म टाढाबाट हेरेरै, अघाएको हुँ हाँसेर
नियालेँ प्रेम पागल क्या दुख्यो, बोतल पियो, दामी!
दुखाइको थियो दाइँ निकै चक्कर चलेको थ्यो
कि गोरू बन्न आँट्यो दिल र मायाको मियो दामी ?
सधैँ उल्टो बनेको हो कि मायाको परिभाषा?
सबै पुत्लाहरू जल्दै भनेका छन् दियो दामी ॥
गजल – २
शब्दले छोपिन्न जुन लच्छिन छपक्कै ।
तर्क गर्दा जिन्दगी तर्किन्छ पक्कै !
दुःख गर्दासम्ममात्रै दुःख लाग्छ,
लक्ष्य चुम्दै सम्झिँदा हाँसिन्छ पक्कै ।
भाग्यले देला न देला छाड चिन्ता
हात नङ्ग्रा जोतिए पाइन्छ पक्कै ।
थकथकीको बहाना बस् शून्य होओस्
किन्न मुस्किल जिन्दगी खर्चिन्छ पक्कै ।
बीज अब्बल ठाउँ सक्षम यी दुवैको
जिन्दगी संयोग हो उम्रिन्छ पक्कै ।
……..

















Discussion about this post