Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

दशौँ राष्ट्रिय खेलकुदमा उदयपुरकाे ३२ विधाका खेलमा सहभागिता

माधव पोख्रेल by माधव पोख्रेल
अशोज १५, २०८३
in खेलकुद, समाचार
0
दशौँ राष्ट्रिय खेलकुदमा उदयपुरकाे ३२ विधाका खेलमा सहभागिता
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : १०औँ राष्ट्रिय खेलकुदका लागि उदयपुरमा जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ भने ३२ विधाका विभिन्न खेलमा उदयपुरले सहभागिता जनाउने भएको छ ।

समितिले बुधबार गाईघाटस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको जानकारी दिएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा २०८३ मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उदयपुरबाट विभिन्न खेलका खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी हुने र प्रदेशबाट छनोट भएपछि राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक सबै खेलका खेलाडीले २०८३ असोज १९ गतेभित्र खेलाडी फारम भरिसक्नुपर्ने समितिले जनाएको छ । जिल्लामा ३२ वटा खेल विधामा खेलाडी छनोट गरिनेछ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाशराम राईका अनुसार छनोट प्रक्रियामा ३४४ पुरुष र ३१२ महिला गरी कुल ६५६ जना खेलाडी सहभागी हुनेछन् ।

सदरमुकाम गाईघाट भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता गाईघाटमै सञ्चालन गर्ने तयारी गरिएको छ । भौगोलिक तथा खेलको प्रकृतिअनुसार केही खेलको छनोट भने सदरमुकाम बाहिर सञ्चालन गरिने तयारी रहेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष धिरज खड्काले स्थानीय तहहरूले खेलाडी छनोट तथा खेलकुद गतिविधिमा अपेक्षा अनुसार चासो नदिएको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहबाट खेलाडी तथा खेल क्षेत्रको विकासमा थप सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

समितिले जिल्लाका सबै स्थानीय तह, खेलाडी तथा खेलसँग सम्बन्धित निकायलाई छनोट प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

Tags: राष्ट्रिय खेलकुद
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत
खेलकुद

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

by माधव पोख्रेल
अशोज १५, २०८३
0

 उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३
कोशीमा आवधिक योजना सार्वजनिक

प्रदेश योजना आयोगमा खतिवडा र राई नियुक्त

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.