सुनसरी : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि सुनसरीमा जिल्ला संयोजक र सहसंयोजक तोकेको छ।
स्राेेतका अनुसार देउवा समूहले सुनसरीमा सन्दीप श्रेष्ठलाई संयोजक ताेकेकाे छ भने सहसंयोजकका रूपमा मनिषकुमार राय तथा गणेश सुब्बालाई जिम्मेवारी दिएको हो।
देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरी जिल्लास्तरमा तयारी अघि बढाइरहेको छ। यसअघि समूहले विभिन्न जिल्लामा संयोजक तथा सहसंयोजक तोकेको थियो।
समूहले १५औँ महाधिवेशनका लागि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै प्रदेश र केन्द्रीय तहका अधिवेशनको तयारी अघि बढाएको जनाएको छ।
याे पनि : गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

















Discussion about this post