मोरङ : मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल बुधबार राति १०ः३५ बजेतिर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा झापाको घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।
घाइतेमध्ये कुमारलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे, उर्लाबारी र सन्देश तथा अमरलाई न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।
उपचारका क्रममा चिकित्सकले कुमार र सन्देशलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अमरको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी जाँतेको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post