Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड
54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, प्रदेश अधिकार हस्तान्तरण, अन्तरप्रदेश सहकार्य र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

डिजिटल प्रविधिमार्फत सामूहिक रूपमा उद्घाटन गरिएको सम्मेलनमा मुख्यमन्त्रीहरूले संविधानले दिएको अधिकार प्रयोग गर्न आवश्यक कानुन निर्माणमा भइरहेको ढिलाइले प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए । संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रक्रियामा अस्पष्टता र ऐनकानुन निर्माणमा ढिलाइ हुँदा प्रशासनिक तथा वित्तीय क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो । उनले प्रदेशका विशेषताअनुसार आपसी सहकार्य र समन्वय गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले निर्दिष्ट गरेका प्रदेशका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिरहेको आरोप लगाए । उनले प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गर्दै संविधानअनुसार वित्तीय हस्तान्तरणको व्यवस्था गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारलाई अधिकार नदिएर कामको परिणाम खोज्नु उचित नभएको बताए । प्रदेशको प्रशासनिक खर्च कम भए पनि प्रदेश संरचनालाई अनावश्यक खर्चिलो भन्दै आलोचना गर्ने गरिएको उनको भनाइ थियो ।

“संघीय सरकारले हातखुट्टा बाँधेको छ । हातखुट्टा बाँधेर दौड भन्दा कसैले सक्छ?” पाण्डेले प्रश्न गरे ।

उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारको सेवा प्रवाह प्रभावित भएको बताउँदै अब प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कानुन निर्माण गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तनका मुद्दामा सबै प्रदेशको साझा धारणा र नीति आवश्यक रहेको बताए । जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न प्रदेशहरूबीच बलियो कोष निर्माण गर्नुपर्नेमा उनले जोड दिए । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरूबीच साझा अवधारणा र साझेदारीका आधारमा विकास तथा समृद्धिलाई अघि बढाउनुपर्ने बताए । उनले साझा लगानीका क्षेत्र पहिचान गर्न र धार्मिक पर्यटन सर्किटमार्फत पर्यटन प्रवर्द्धन गर्न प्रदेशहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारहरूले अधिकारका विषयमा गुनासो मात्रै नगरी आफ्नो अधिकार क्षेत्रभित्रका कामलाई पनि अघि बढाउनुपर्ने बताए । संघीयता कार्यान्वयनमा देखिएका जटिलताबारे निष्कर्ष निकालेर प्रधानमन्त्रीसमक्ष छलफलका लागि प्रस्तुत गरिने उनले जानकारी दिए ।

कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई प्रदेशका साझा मुद्दा, आपसी हित र सहकार्यका विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । उनले सातै प्रदेशमा लागूऔषध दुर्व्यसन गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै युवा पुस्तालाई समाज रूपान्तरणमा सहभागी गराउन साझा प्रयास आवश्यक रहेको बताए ।

प्रदेश सरकारले काम गर्न खोज्दा अधिकार र कानुनी प्रक्रियाका कारण अन्तिम चरणमा समस्या आउने गरेको उल्लेख गर्दै उनले प्रदेशका अधिकार क्षेत्र स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेश सरकारको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विज्ञहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने र छलफलबाट प्राप्त निष्कर्ष संघीय सरकारसमक्ष पुर्‍याउने योजना छ । कार्यक्रममा मुख्यमन्त्रीहरूले उद्योगी–व्यवसायीसँग पनि छलफल गर्नेछन् ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूलाई भोलि प्रदेशका पर्यटकीय क्षेत्रको भ्रमण गराउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ ।

Tags: काेशी प्रदेशमुख्यमन्त्री सम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.