Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
in खेलकुद, समाचार
0
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई
51
SHARES
Share on FacebookShare on Twitter

ग्रामथान : मोरङको ग्रामथान–६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा ब्ल्याक डायमण्ड एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । आयोजकका उमेश कार्कीले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

उपाधिसँगै मन्जिल रानीगढी क्लबले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ब्ल्याक डायमण्ड एफसीले ट्रफी, मेडल र प्रमाणपत्रसहित ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलमा आयोजकका अनिल राजधामी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका अभिषेक मण्डल घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि अनिश राजधामीले पाए ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक आयोजकका अर्जुन चौधरी, उत्कृष्ट फरवार्ड ब्ल्याक डायमण्ड एफसीका हरि खवास, उत्कृष्ट मिडफिल्डर आयोजकका उमेश कार्की र उत्कृष्ट डिफेन्डर किरण चौधरी घोषित भए ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीलगायत अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

समापन समारोहमा ग्रामथान गाउँपालिका–६ का वडाध्यक्ष वीर नारायण चौधरी, वडा सदस्य निलम सरदार, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य तथा थारु कल्याणकारिणी सभा मोरङका जिल्ला सभापति प्रदीप भगत थारु, पूर्व राष्ट्रिय भलिबल खेलाडी नन्दकुमार सरदार, पूर्व राष्ट्रिय फुटबल खेलाडी देवनारायण चौधरी, मुख्य प्रायोजकसमेत रहेकी आयोजक क्लबकी उपाध्यक्ष उपकार मण्डल र क्लबका कोषाध्यक्ष मनोज मण्डललगायतको उपस्थिति थियो ।

क्लबका अध्यक्ष कृष्णकुमार मण्डलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइएको थियो ।

मन्जिल रानीगढी क्लबको आयोजनामा असोज १५ गतेदेखि सुरु भएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको क्लबकी उपाध्यक्ष उपकार मण्डलले बताइन् ।

Tags: मञ्जिल स्मृति कपरानीगढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन