इटहरी : इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने दुई युवक विराटनगरका रहेको खुलेको छ ।
दुर्घटनामा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर–२ का २८ वर्षीय सास्वत पोखरेलको मृत्यु भएको हो ।
कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्पनजिक गएराति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा उनीहरू गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा संलग्न ट्रक र चालक रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि दुर्घटना ज्यान गुमाएका दुवै युवकको पहिचान खुलेको थिएन ।

















Discussion about this post