इटहरी : इटहरीको पारुहाङ चौकमा आगलागी भएको छ ।
इटहरी ४ मा रहेको पारुहाङ चौकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरीका अनुसार केही बेर अगाडि देखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भईरहेको छ ।
“एक कपडा पसलबाट आगो सल्केको हो, बाँकी विवरण आउन समय लाग्छ,” उनले भने ।
उनका अनुसार एक होलसेल कपडा पसलबाट सल्केको आगो नियन्त्रणको प्रयास भैरहेको छ ।



















Discussion about this post