भारतीय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इटहरी –९ जुट विकास घरका २५ वर्षीय लुकास राजवंशीलाई विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । राजवंशीको साथबाट ५ सय दरको ४० वटा नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर –१६ दक्षिण गेट स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमथी शंका लागेर चेक गर्दा भारतीय नोट फेला पारेको थियो । पक्राउ परेका उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post