झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका ईलाका प्रहरी कार्यालय धुलाबारीबाट गस्तीमा गएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ धाइजनबाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का २७ वर्षिय निराजन पौडेललाई तीन ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गएराति नै शिवसताक्षी नगरपालिका–१० बाट २३ बर्षीय गोपी शर्मा, कचनकवल ६ बनियानीका २६ बर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी गाउपालिका–१ फत्तेपुरका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको थापाले जानकारी दिएका छन् ।














Discussion about this post