मोरङको कानेपोखरी गाउँपालिका ५ भौसावारीमा स्कुल बसले ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।
शुक्रवार अपरान्ह को समयमा १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बस ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४० बर्षीया दिपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post