Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

वर्तमान अवस्था र शिक्षाको भविष्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०७७
in विचार
0
वर्तमान अवस्था र शिक्षाको भविष्य
448
SHARES
Share on FacebookShare on Twitter

अहिले सबैको मुखमा एउटै बाक्य झुन्डिएको छ – “अब बच्चाको पढाइ बिग्रियो, बच्चाको भविष्य बिग्रियो” शैक्षिक शत्र २०७६ सालको बार्षिक परीक्षा नजिकिदै थियो ।

नियमित रुपले हुने बार्षिक परीक्षा लगभग चैत्र १२ गते देखि सुरु भएर चैत्र २० गते सम्ममा सक्ने । र, नयाँ शैक्षिक शत्र २०७७ साल बैशाख ५ गते देखि सुरु गर्न मानसिक रुपले तयारी भएको अवस्था थियो ।
अर्को तिर कोभिड–१९ ले संसारलाई चारैतिरबाट एकै पटक ख्वाप्पै निल्दै थियो ।

एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सहजै सर्ने, अहिलेसम्म यसको औषधी पत्ता नलागेकोले सामाजिक दूरी कायम गर्नु नै यस्को अचुक औषधी भएकाले सरकारको निर्देशन बमोजिम चैत्र ५ गते भित्र बार्षिक परीक्षा सकेर चैत्र ६ गते देखि देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द भए ।
हामीले अहिलेसम्म नेपाल बन्द, शैक्षिक हड्ताल धेरै खप्यौँ ।

तर, संसारको दुई तिहाईँ भाग एकै पटक लकडाउन हुन्छ भनेर कल्पना पनि नगरेको बिषम् परिस्थिती हो यो ।
नियमित रुपले बिद्यालय जानु, दिन भरी पढ्नु, बेलुका घरमा आएर फेरी ट्युशन क्लास, गृह कार्य गर्नु, बिहान फेरी पढ्नु, बिद्यालय जानु ।

र, शनिबार छुट्टी हुँदा मात्र आनन्दको श्वास फेर्ने अवस्थाबाट गुज्री रहेको विद्यार्थीको लागी बिद्यालयले दिएको १ महिना बिदा दसैँ आएजतिकै रमाइलो थियो । सार्बजनिक बिदा कति गते पर्ला भनेर भित्तेपात्रो हेर्नुपर्ने अवस्था हुन्थेन, एक महिने बिदामा । अभिभाबकका लागि पनि सामान्य नै थियो ।

बार्षिक परीक्षा सकिएर १५/२० दिन बिदा हुन्थ्यो । लगभग एक महिना बिदा भयो भनेर ठीकै मानेको अवस्था थियो । मानिस आदतबाट मजबुर प्राणी हो ।
नियमित रुपले जुन रुटिनमा जिन्दगी चलेको छ, जुन गतिमा जिन्दगी बगेको छ, त्यो भन्दा अलिकती दायाँ–बाया हुँदा त्यसलाई स्वीकार्न सक्दैन मानिस ।

वैशाख पहिलो सातादेखि बिद्यालय लाग्ने कुरामा ढुक्क भएर बसेका हामी नसोचेको अवस्था सृजना भयो । लकडाउनको ४० दिन वितिसक्दा अनिश्चिततामा बाँचेको अवस्था छ ।
नयाँ सैक्षिक सत्र समयमै सुरु हुन्छ भनेर बसेका हामी अभिभाबक यो अनिश्चितता देखेर लगभग बैशाखदेखि हाम्रो अचेतनमा ढ्याङ्ग्रो बज्यो अब पढाइ बिग्रियो ।
के साँच्चै पढाइ बिग्रियो त केही बुँदागत रुपमा प्रश्न उठाउछु–
एउटा कक्षाबाट अर्को कक्षामा पास भएर जाँदा त्यो भन्दा अगाडिको कक्षामा पढेको कुरा सबै काम न लाग्ने हुन्छन् ?
किताब पढेर घोक्नु र शिक्षकका अगाडि गएर सुँगाले जस्तै बोल्नु मात्रै पढाइ हो ?
योग्यतालाई अङ्कमा मापन गरेर परीक्षामा धेरै अङ्क ल्याउँनु मात्रै पढाइ हो ?

नेपालको सैक्षिक इतिहाँसलाई हेर्ने हो भने तीन काल खण्डमा बिभाजन गर्न सकिन्छ ।
वि.सं. १९०३ भन्दा अगाडि शिक्षाको प्राचिन काल ।
वि.सं. १९०३ देखि वि.सं. २००७ सम्मको मध्यकाल अथवा राणाकाल ।
वि.सं.२००७ देखि हालसम्मको आधुनिक काल ।
वि.सं. १९१० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायातबाट फर्केर आफ्ना भाइ भारदारका छोरा–छोरी मात्रै पढ्न पाँउने गरी काठमाण्डौमा दरबार स्कुलको स्थापना गर्नु नै नेपालको इतिहासमा औपचारिक शिक्षाको थालनी भएको मान्न सकिन्छ । अङ्ग्रेजी भाषामा पाँच कक्षा सम्म खोलिएको त्यो बिद्यालयको विकास हुँदै आएर आज शिक्षाको यो अवस्था आइपुगेको विद्यमान अवस्था छ ।
अनि औपचारिक शिक्षाको सुरु हुनुभन्दा अगाडि पढेका मान्छे थिएनन त ? पक्कै पनि हैन प्राचिन कालमा मठ, मन्दिर, गुरु आश्रम बिद्यालयका रुपमा थिए । परम्परागत रुपमा चल्दै आएका पेशा, ब्यवसाय, सामाजिक मूल्य मान्यता एक पुस्ताबाट अर्को पुस्तामा आमा बुवाबाट सार्दै जानु नै शिक्षा थियो । गुरुका आश्रममा गुरुका आज्ञा कानुन हुन्थे । बिद्यादान महादान मानिन्थ्यो ।
सामान्यतःसिकाइका दृष्टिले शिक्षा दुइ प्रकारका हुन्छन् ।
औपचारिक शिक्षा
अनौपचारिक शिक्षा
औपचारिक शिक्षा ः बिद्यालय तथा विश्व विद्यालयमा गएर निश्चित पाठ्यक्रमलाई आधार मानेर निश्चित समयमा समय सान्दर्भिक कुरा सिक्नु औपचारिक शिक्षा हो । जसलाई प्रमाण पत्रमा मुल्याङ्कन गरिन्छ ।
अनौपचारिक शिक्षा ः बिद्यालय तथा विश्व विद्यालयमा नगई आमा, बुवा, प्रकृति, समाज वरपरको बाताबारणबाट सिकिने सामाजिक मूल्य मान्यता, जीवनयापनका कला सिक्ने शिक्षा अनौपचारिक शिक्षा हो ।

जुन शिक्षाको कुनै पाठ्याक्रम र सिकाइको सीमा हुँदैन । र, यसलाई सम्पूर्ण जीवनमा मात्र नभई मृत्यु पर्यन्तपनि मूल्याङ्कन गरिन्छ ।
वास्तवमा औपचारिक शिक्षा र अनौपचारिक शिक्षा एक अर्काका परिपूरक हुन् । यो दुवै खालको शिक्षा प्रदान गर्न सकेमा मात्र एउटा बालकलाई अशल नागरिक बनाउन सकिने कुरामा दुईमत छैन ।
सामाजिक दूरी कायम गर्नु नै अहिलेको अवस्थामा प्रमुख बिकल्प भएको कारणले बिद्यालय गएर औपचारिक शिक्षा लिने अवस्था नहुँदा बिद्यालयले समेट्न नसकेको कुरा हामी घर मै पनि सिकाउन सक्छौँ । जसलाई अनौपचारिक शिक्षा भनेर बुझ्दा हुन्छ । अहिलेको बिषम् परिस्थितिलाई अवसरका रुपमा लिऔं ।

सूचना र प्रबिधिका कुरा विद्यार्थीले बिद्यालयमा सिक्लान् । तर दया, माया, आदर, सत्कार, सामाजिक मूल्य मान्यता आमाले सिकाएको भन्दा प्रभावकारी अरुबाट सायदै हुनसक्ला ।
बच्चालाई जन्मने बितिकै रुन, अलिक समय पछि हाँस्न, बच्चाको त्यो निर्दोषपन, अनि पहिलो पटक फुटेको तोते बोली कुनै बिश्वविद्यालयको सिकाइ हैन । आमाको सामिप्यताले बच्चालाई सिक्नका लागि काफी छ ।

मानिसको योग्यता र क्षमता अंक गणितमा मात्रै मापन गरिनु हुँदैन । एउटा विद्यार्थी जाँचमा ९० भन्दा माथि अंक ल्याएर पास होला । तर, भोलीपल्ट प्रमाणपत्र बिक्री गर्न चारै तिर दौडिदाँ बिक्री नभएर डिप्रेसनमा गएका उदाहरण प्रसस्तै छन् ।
अर्को विद्यार्थी परीक्षामा अंक ल्याउन सक्दैन । तर, उसले सृजनात्मकतामा क्रियाशील भएर जीवनलाई सफल भईरहेको अवस्था पनि छ । अत : यस समयमा अभिभावकले बच्चालाई जीवन बाँच्ने कला सिकाउनु होस् ।

सिकाउनका लागि मानवीय श्रोतको कमी छ भनेर खिन्न न हुनुहोस् । आजका बच्चा आफैंमा प्रतिभावान छन्, मात्र तपाईंले हेरेर प्रोत्साहित गरिदिनुहोस् ।
एउटा कक्षाबाट अर्को कक्षामा उतिर्ण भएर गएपछि तल्लो तहको किताब कामै नलाग्ने हुँदैनन् । किताबमा भएका खुराकहरु परीक्षा दिने दिन सम्मका लागि मात्रै हैनन् । पढाइ भनेको अहिले सम्मका पाठ्यपुस्तकहरुबाट प्राप्त ज्ञानहरुको योग हो । त्यसैले अहिलेको बिषम् अवस्थामा आफ्ना घरमा जे जति पाठ्यपुस्तक छन् त्यसैको अध्यायन गराउँनुपर्छ ।
नानीहरुलाई घरमा गर्न सक्ने साना मसिना काम सिकाऔँ । फूलबारीमा पानी हाल्न लगायौँ प्रकृती प्रेम सिकायौँ । पढेको मन्छेले कुर्सीमा बसेर काम गर्नुपर्छ ।

नपढेकाले कृषि पेशा गर्नु पर्छ, भन्ने मनसिकताबाट गुज्रेको हाम्रो समाज बच्चालाई श्रमको सम्मान गर्न सिकाऔँ तव मात्रै भोली गएर त्यो बच्चाले कुर्सीमा बसेर काम गर्नेलाई र मजदुरी गर्ने दुवैलाई पनि समान आदरआर्थी शब्दको प्रयोग गरुन् ।

इन्टरनेटको प्रयोग गेम खेलेर र गलत साइड हेर्नका लागि मात्र हैन साहित्य, संगीत र कला पनि सिक्न सकिन्छ ।
पढाइ भनेको किताबमा घोकेका कुरा शिक्षकका अगाडि गएर भन्नु मात्रै होइन ।

सिकाइबाट मानिसको आचरणमा परिवर्तन आउनु पढाइ हो । वास्तवमा जीवन दर्शन हामीले कुनैपनि बिश्व बिद्यालयबाट प्राप्त गर्न सक्दैन थियौँ त्यसैले समय बलवान रहेछ ।
अहिलेको समय भनेको जीवन बाँच्ने र बचाउँने कला सिक्ने समय हो ।

शक्तिशाली भनिएका राष्ट्रसङ्ग ठूला–ठूला अणु परमाणुका भट्टीहरु होलान् । तर, जीवन बाँच्ने कलाको अभाबले आज यो दूर्गती भोग्नु परिरहेछ । संसारमा सबै भन्दा ठूलो क्षति मानवीय क्षति हो ।

अहिलेसम्मको इतिहाँसलाई हेर्ने हो भने यो भन्दा अगाडि यस्ता बिपद् नआएका हैनन । क्यान्सर, एड्स, फ्लु, र अन्य रोगको कारणले मर्नेको मृत्यु दर भन्दा कोभिड–१९ को कारणले मर्नेको मृत्यु दर कम नै छ । संसार सधैँ यसै गरी बन्द भईरहने अवस्था पनि न रहला ।

मानवीय क्षतिलाई न्यूनीकरण गर्नु नै अहिलेको प्रमुख दायित्व हो ।
हौसला राखौँ यो समय पनि बितेर जानेछ । र, फेरी संसारको जनजीवन सामान्य हुँनेछ बिद्यालय खुल्नेछन् र हाम्रा नानीहरुले बिद्यालय गएर पढ्नेछन् ।

घरमै बसौँ, विभिन्न रचनात्मक पुस्तकहरु पढौँ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
टाकुरा विशेष

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

by अर्जुन उप्रेती
जेष्ठ ३०, २०८३
0

संसारको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर पुग्नु पनि संसारभरका मानिसहरूको सपना हुन्छ । तर, नेपालमा संसारलाई चकित पार्ने त्यस्ता मानिसहरू...

नयाँ सरकारका चुनौतीका चाङ
टाकुरा विशेष

नयाँ सरकारका चुनौतीका चाङ

by कृष्ण अधिकारी
चैत्र १९, २०८२
0

मुलुकले परिवर्तनका सात चरण पार गरेको छ । २००७ सालको १०४ वर्षे राणा शासन हटाउने क्रान्तिले प्रथम र सबैभन्दा ठूलो...

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२
कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

पुस २६, २०८२

पुराना राजनीतिक दल, विचारधारामा आएको सङ्कट र अबको राजनीतिक निकास

पुस ५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.