केही दिनअघिसम्म पिसिआर रिपोर्ट पोजेटिभ आयो भने कोरोना भाइरस संक्रमितलाई अस्पतालमा राख्ने गरिएको थियो । तर, अहिले अस्पताल भरिँदै गएपछि होम आइसोलेसनको चर्चा चलेको हो । होम आइसोलेसन भन्नेबित्तिकै संक्रमित व्यक्ति छुट्टै बस्नु भन्ने बुझिन्छ । यसको मतलव अरू व्यक्तिलाई सर्ने सम्भावना हुने भएकाले छुट्टै बस्नू भनिएको हो । अहिले टेकु अस्पतालमा ठाउँ नभएर घरमा पठाइएको अवस्था छ । संक्रमित व्यक्ति सतर्क भए अन्यमा संक्रमण हुँदैन ।
परिवारका सदस्यहरू पनि सतर्क हुन आवश्यक पर्छ । संक्रमित व्यक्तिलाई छुट्टै कोठामा राख्नुपर्ने हुन्छ । हावा ओहोरदोहोर हुने सफा कोठामा बस्नुपर्छ । संक्रमित व्यक्तिले चलाएका सामान अन्य कुनै अर्को व्यक्तिले नछुँदा राम्रो मानिन्छ । सकभर ट्वाइलेट पनि छुट्टै प्रयोग गर्नुपर्छ । त्यसो नभएको अवस्थामा ट्वाइलेटको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा र झोलिलो पदार्थ पिउँदा राम्रो हुन्छ ।
यदि संक्रमित भएको व्यक्तिलाई सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायतका समस्या देखियो भने सम्बन्धित निकाय स्वास्थ्य संस्था० को नम्बर तयारी अवस्थामा राख्नुपर्छ ।
केही व्यक्तिले एक्लै बसेर धेरै कुरा सोच्दा डिप्रेसनसमेत भएको विषय बाहिर आइरहेका छन् । सकेसम्म आइसोलेसनमा बसेको बेला इन्टरनेट हुनु राम्रो हुन्छ । यसका अलावा टिभी भएको ठाउँ हुनुपर्छ । यी कुरा भएको अवस्थामा समय बिताउन सजिलो हुन्छ । संक्रमित व्यक्तिलाई घरका परिवारले हौसला प्रदान गर्नुपर्छ । आइसोलेसनमा बसेको बेला परिवारले जतिसक्यो धेरै ‘मोटिभेसन’ प्रदान गर्नुपर्छ ।
संक्रमित व्यक्ति होम आइसोलेसनमा बसेको बेला स्वास्थ्यकर्मीहरू नजिक नहुन सक्छन् । यदि संक्रमित भएको व्यक्तिलाई सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायतका समस्या देखियो भने सम्बन्धित निकाय स्वास्थ्य संस्था० को नम्बर तयारी अवस्थामा राख्नुपर्छ । कोरोनाबारे नकारात्मक कुरा सुन्न भएन । उपचारबाट निको भएकाहरू पनि छन् । उनीहरूका कुराहरू पनि सुन्न सकिन्छ ।
होम आइसोलेसमा बसेको भन्नुको मतलव परीक्षणबाट कोरोना पुष्टि भएको भन्ने बुझ्न जरुरी छ । होम आइसोलेसनमा बसेका व्यक्तिहरू कोही कोहीमा एक्लोपन महसुस भएको पनि देखियो । परिवारले संक्रमण पुष्टि भएका आफ्ना सदस्यलाई जति सक्यो हौसला, प्रेरणा र ऊर्जा प्रदान गर्नुपर्छ ।
सरुवा रोग विशेषज्ञ डा। पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा कार्यरत छन् ।
साभार #राजधानी राष्ट्रिय दैनिक
Discussion about this post