Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

कोरोना भाइरस भन्दा, हजारौँ गुणा घातक सामाजिक भाइरस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०७७
in विचार
0
कोरोना भाइरस भन्दा, हजारौँ गुणा घातक सामाजिक भाइरस
293
SHARES
Share on FacebookShare on Twitter

समाजमा पढे, लेखेका डाक्टर, प्राध्यापक, वकिल, नेता, सामाजिक अभियन्ता तथा समाजसेवीहरु, हो मा हो मिलाउने आम जनमानसले कोरोना सङ्क्रमण भएका या सङ्क्रमणको जोखिममा रहेका र एकल बासमा बसेका मानिसहरुलाई हेर्ने नजर कुनै गम्भीर अपराध गरेको अपराधीलाई भन्दा तुच्छ देखिन्छ।

कोही सङ्क्रमितको नजिक थियो भन्ने हल्ला चलेको भरमा या सङ्क्रमितलाई समाजले तुच्छ देख्नु भनेको बुर्जवा शिक्षाको उपलब्धि हो। जान्ने, बुझ्ने, विज्ञ तथा पढे, लेखेकाहरुको यस्तो पाखण्डी व्यवहारले कोरोना सङ्क्रमण नभएकाहरु र एकलबास बसेकाहरुलाई नै डिप्रेसन भएको र आत्महत्या गर्ने या मर्ने कोशिश गर्ने स्थितिमा पुगेको देखेर वाक्क लाग्छ ।

अझ सङ्क्रमितहरुको घर परिवारको अन्य सदस्यहरुलाई आँखाले धेरै पर देख्यो भने पनि उसलाई देख्यो कि सङ्क्रमण भै हाल्ने जस्तो र या कुनै नगर्ने काम गरेको जस्तो दृष्टिले हेरिन्छ ।

तर, नपढेका आमा–बुवाहरु को मीठो व्यवहारले कोरोना सङ्क्रमितहरु नै मानसिक तनावमा भएको देख्दा, कोरोना भाइरस भन्दा त पढेलेखेका सामाजिक भाइरसहरुबाट धेरै सङ्क्रमित तथा एकल बासमा बस्ने हरु को ज्यान गैरहेको छ भन्ने लाग्छ ।

पूँजीवादी, रुढिवादी व्यबस्थासँगै दलाल भ्रष्ट्र राजनीतिले कच्पटिएको नेपाली समाज कोरोना भाइरससँग भन्दा सामाजिक भाइरससँग बच्न जरुरी छ।

सङ्क्रमण जो कोहीलाई हुँन सक्दछ । तर, पूँजीवादी समाजका केहि विद्वानहरुले यो वा त्यो बहानामा ब्यापार गरिरहेका छन्। सरकार भागबन्डा र कमिशनको पछाडि दगुरिरहेको छ। आम नागरिकको चुलो नबलेको महिनौँ भैसक्यो । नेपाली युवाहरु विदेशमा उद्धारको पर्खाइमा भोकै रातदिन काटिरहेको अवस्था विद्यमान छ ।

यहि बेला बाढी पहिरोले सताएको पनि प्रष्ट छ ।

कतै सरकारले सुकुम्बासी बस्तीमा आगो लगाएको छ । ठूलाबडाले सवारी पास लिएर चर्को भाडामा जनतालाई चुसिरहेका छन् । रेमिट्यान्स तिर्ने आफ्ना नागरिक लिन सरकारले दोब्बर भाडा तिरेर पनि आनाकानी गरिरहेको छ।

हाम्रा नेपाली दाजुभाईहरु ५६ डिग्री को मरुभूमिमा बसेर ८० हजार रुपैँया तिरेर ३ महिनादेखि उद्धार गर्न आउँने जहाज कुरेर आधा पाउरोटी चपाएर बसिरहेका छन् ।

यता, मन्त्री देखि कर्मचारी सबैलाई कमिशनको पिरलो छ । कमिशन नमिले उद्धारको जहाज उड्ने कुनै टुंगो छैन । कोरोनाका बिमारीलाई उपचार कक्ष, परीक्षण मेसिन, अस्पताल तथा एकल बासको अभाब छ । तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली राम मन्दिर निर्माण को पछाडि दौडिरहेका छन् ।

देश पुरै कोरोनाको कहरले छट्पटी रहेको बेला प्रधानमन्त्री जस्तो मानिसले राम मन्दिरको पछि–पछि दगुर्नु कति उचित ? के जनता प्रति सरकार को जिम्मेवारी यही हो ? सायद समाजका भाइरसहरुले बुझेका होलान् । तर, इमान्दार निर्दोष जनताले बुझ्न सकिएन। सङ्क्रमितहरु पनि मानिस हुन् उनलाई जनावरको दृष्टिले हेर्न बन्द गर्नुपर्दछ।

समाजका अगुवा बुद्धिजीवि, नेता, शिक्षक तथा हाकिमहरु जो कोहिले आफ्नो तुच्छ व्यवहारलाई सुधार्न जरुरी रहेको छ। यदि, बुर्जुवा शिक्षाको पछाडि कुद्ने हो भने, तुच्छ व्यवहार नछोड्ने हो भने, समाजका अगुवाबाट बाटो ……को नामले चिनिन बेर नहोला ।

कोरोना लागोस्, नलागोस् तर नेपाली समाज कागले कान लग्यो भनेर कागको पछि कुद्ने जस्तो कोरोना सङ्क्रमणको पछि–पछि बुर्जुवा शिक्षाको भरमा कुदेको देखेर अचम्ममा परेको छु।

जनताहरुलाई बुझाउने, बाटो देखाउने अगुवाहरु नै बाटो …… जस्तो सामाजिक भाइरसको रुपमा देख्दा नेपालको चेतना तर कति छ भन्ने कुरामा नै प्रश्न चिन्न देखिन्ट ।

कम्युनिष्ट पार्टीको कम्युनिष्ट सरकार पनि देखियो । कम्युनिष्ट सरकार भएको देशमा कोरोनाले थलिएका जनताको जनजीविका, स्वास्थ्य, शिक्षा र रोजगारीको ब्यबस्था गर्नुको सट्टा कमिशनमुखी, भागबन्डामा लुछाचुडीले कम्युनिष्ट सरकारको नागरिक प्रतिको जिम्मेवारी कमजोर देखिन्छ ।

जनताको कोरोना जाँच गर्नलाई सरकारले सक्दैन भन्ने कुराले हाम्रो देशमा सरकार छ र भन्ने प्रश्न उठ्छ ।

नागरिक भोको भएको बेला स्वास्थ, बिजुली, पानी, सूचना, खाद्यान्नको व्यवस्था गर्नुको सट्टा कर असुल्ने, स्वास्थ जाँच आफैँ गर्नु भन्ने, भोको जनतालाई घर बाहिर नहिड भन्ने जस्ता उर्दी सुनेर जनता भोको पेट राखेर कति बस्ने सरकार ?

गाउँ–घरमा चेतना र ज्ञानको ज्योती छर्ने देखि देश चलाउने ठूला ठालूहरुको यस्तो व्यवहार, काम गर्ने तौर तरिका र निर्णय देखेर कोरोना भाइरस भन्दा हजारौँ गुणा घातक सामाजिक भाइरस हुन् भनेर प्रष्टसँग बुझ्न जरुरी देखिन्छ ।

(तामाङको यो नीजि बिचार हो ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी टप्पुमा अर्नाको बथान

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

साउन २८, २०८३
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

साउन २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

कोशीमा चट्याङको कहर : पाँच वर्षमा ६६ मृत्यु, २१८ घाइते

साउन २८, २०८३
ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.