Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘गणतन्त्र’ नामले मात्र राम्रो हुन्छ र ?

कृष्ण अधिकारी by कृष्ण अधिकारी
भदौ ७, २०८२
in टाकुरा विशेष, विचार
0
गजल
105
SHARES
Share on FacebookShare on Twitter

‘गणतन्त्र जस्तो राम्रो व्यवस्था’ अहिले यो मान्यतालाई जबरजस्ती स्थापित गर्न खोजिदैँछ ।

शासकहरूका गणलाई यसको प्रचार गर्न, समर्थन गर्न र अन्धभक्ति गाउन प्रेरित गरिदैँछ । त्यसैले होला अबुझ सठहरूले पनि गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भन्न सक्छन् । तर, किन उत्कृष्ट, कसरी उत्कृष्ट, के गर्दा उत्कृष्ट ? यो चाहिँ बुझ्दैनन्, तर बुझ्न जरूरी छ ।

गण भनेको समूह हो । समूह राम्रा मान्छेको पनि हुन्छ र नराम्रा मान्छेको पनि हुन्छ । भाला तरवार लिएर ग्याङ् फाइट गर्ने पनि समूह हुन् र तिनीहरूलाई छुट्याउने पनि समूह हुन् । देवताहरूको पनि गण थियो र राक्षसहरूको पनि गण थियो । प्रजा भनेको पनि गण नै हो, प्रजातन्त्र भन्नु र गणतन्त्र भन्नुमा केही फरक छैन । हाम्रो देशमा प्रजातन्त्र फालेर गणतन्त्र ल्यायौं भन्नु मनोगत भ्रम मात्र हो ।

प्रजातन्त्र र गणतन्त्रको अर्थ एउटै हो । जनताद्वारा छानिएको प्रतिनिधिद्वारा शासन सञ्चालन । प्रजातन्त्रमा संवैधानिक राजतन्त्र पनि अटाउन सक्छ जस्तै जापान, बेलायत, क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड आदि सम्पन्न मुलुकहरू संवैधानिक राजतन्त्र भएका मुलुकहरू हुन ।

उत्तर कोरियालाई प्रजातान्त्रिक जनवादी गणतन्त्र भनिन्छ । त्यहाँ शासकको छोरा शासक छन् । निरङ्कुश राजशाही भन्दापनि कडा निरङ्कुशतामा प्रजातन्त्र जोड्नु भनेको पनि स्वच्छन्दतावादीले फैलाएको भ्रम मात्र हो ।

गण भनेको अनुचर सेवकहरूको समूह पनि हो । त्यसैले गणतन्त्र भन्ने बित्तिकै शासन असल भइहाल्छ भनेर बुझ्नु गलत हुन्छ । त्यो गण बदमासहरूको गण पनि हुनसक्छ । कालाबजारी ठेकेदार विचौलिया ठगहरूको गण पनि हुन सक्छ ।

त्यस्ता गणको हातमा शासनसत्ता गयो भने के हुन्छ ? राष्ट्रभक्ति नभएका स्वार्थन्धहरूको हातमा सत्ता पुग्यो भने के हुन्छ ? पराया विदेशीका अनुचर सेवकहरूले सत्ता कब्जा गरे भने के हुन्छ ?

आजका शासक र तिनको शासन सञ्चालन हेर्दा, सत्ता र शक्तिलाई स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति हेर्दा, त्यस्ता गलत गणको हातमा गणतन्त्र पुग्दैन भन्न सकिने ठाउँ रहेन ।

त्यसैले भनेको हो गणतन्त्र भन्नेबित्तिकै सर्वोत्कृष्ट व्यवस्था हुन्छ भनेर मान्नु नै सर्वथा गलत हुन्छ ।

विश्वका सर्वाधिक बढी जनसंख्या भएका चीन र भारत दुवै देश गणतान्त्रिक मुलुक हुन् । चीनले आर्थिक नीति खुकुलो बनायो र राजनीति कसिलो बनायो । यसै नीतिबाट उसले आर्थिक समृद्धि हासिल ग¥यो । भारतले आर्थिक नीति र राजनीति दुवै खुकुलो बनायो ।

त्यसैकारण केही ढिलो भएपनि भारत समुन्नतिको तीव्र गतिमा छ । संवैधानिक राजतन्त्र भएका देशहरूले भने धेरै पहिले आर्थिक समुन्नति हासिल गरिसकेका छन् ।

कुनै समय कोरिया, जापान, मलेसियामा धान चामल निर्यात गर्ने नेपाल आज छोराछोरी विदेश निर्यातक देश भएको छ । जनताका छोराछोरीलाई विदेशीको गुलाम बनाएको रेमिट्यान्सबाट तलब, भत्ता खाएर गर्विलो डकार डकार्ने भूमिकामा पुगेको छ, हाम्रो लोकतान्त्रिक गणतन्त्र ।

आज सत्य बोल्नेलाई प्रतिगामी भनिदिएपछि सत्ताका अनुचर सेवकहरूले ताली बजाइहाल्छन् ।

र, पनि कटुसत्य चाहिँ के हो भने प्रजातन्त्र आएपछि हामी दुई कदम पछाडि स¥यौं । र, गणतन्त्र आएपछि पचास कदम पछाडि प¥यौं । किनभने शासनमा देवत्वको अंश भन्दा राक्षसी अंश बढी भयो ।

सज्जनको उपस्थिति भन्दा दुर्जनको संख्या बढी भयो । ठेकेदार, बिचौलिया र विधर्मीहरूको हातमा गणतन्त्र गयो । अनि गणतन्त्र भन्ने वित्तिकै व्यवस्था राम्रो नहुने रहेछ भन्ने कुरा पुष्टि भयो ।

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

पूर्वमा चिया पर्यटन
FEATURE BREAKING

पूर्वमा चिया पर्यटन

by अर्जुन उप्रेती
भदौ २६, २०८३
0

इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका कोमल...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.