Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नेपालमा सहकारी : इतिहास र वर्तमान

कृष्ण अधिकारी by कृष्ण अधिकारी
भदौ १४, २०८२
in टाकुरा विशेष, विचार
0
134
SHARES
Share on FacebookShare on Twitter

नेपालमा सहकारी भन्ने वित्तिकै बखानसिं गुरुङको नाम आउँछ । अझ भनौ बखानसिं गुरुङको नाम नलिई नेपालको सहकारीको इतिहास नै पूरा हुँदैन ।

२००९ सालतिर तनहूँको पुलिमराङबाट चितवन बसाईँ सरेका बखानसिंले २०१३ चैत्र २० गते बखान सहकारी संस्था गठन गरेका हुन । त्यो ६९ वर्षीय संस्था आजपनि चितवनको शारदानगरमा छँदैछ ।

सहकारीको अवधारणा त सन १८४४ तिर नै बेलायतमा विकास भएको थियो । बखानसिं गुरुङ पनि त्यही अवधारणाबाट प्रेरित थिए होलान् भनेर मान्न सकिन्छ । तथापि, बखान सहकारी खोल्न उनलाई उनको आफ्नै परिवेशले बाध्य पारेको थियो ।

२०११ सालतिर खण्डवृष्टि र अनावृष्टिले ठूलो अकाल पर्न गयो । बखानसिंको पुरानो गाउँ पुलिमराङ झन् आक्रान्त थियो । त्यहाँका मान्छेहरूलाई चितवन आओ यतै झाडी फाँडेर जीविका चलाउँला भने उनले तर औलोको डरले आउन मानेनन् पहिले ।

आखिर अकालसँग केही चलेन उनीहरूको, पुलिमराङबाट धेरै मान्छे चितवन बसाईं सरे ।

पुलिमराङबाट बसाईं सरेर धेरै मान्छे आएपछि बखान बा (जीवनको उत्तरार्धमा उनलाई सबैले बखान बा नै भन्थे) माथि जिम्मेवारी थपिएको थियो । आँफू भनेर आएका मान्छेहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने चुनौती पनि थियो ।

कलियुगमा सङ्घेशक्तिको महत्व बुझेका उनले ती मान्छेहरूको सीप, क्षमता र शक्तिलाई एकत्रित गरेर समुदायको हित गर्ने उद्देश्य राखे र तिनै मान्छेहरूलाई संगठित गरे अनि बखान सहकारी संस्था गठन गरे ।

राणाविरूद्धको क्रान्तिमा नेपाली कांग्रेसको तर्फबाट लडेका ऐतिहासिक योद्धा बखान बा का दुई छोरामध्ये एउटा छोरा २००७ सालको क्रान्तिमा मारिए र अर्को छोरा ०१८ सालमा मारिए ।

पञ्चायती शासनले स्वयम् बखान बा लाई सर्वस्वहरण गरी आजन्म कैद गरिदियो । सहकारीका प्रथम अभियन्ताको जीवन गाथाको संकेत मात्रै हो यो आजको विषय त सहकारी नै हो ।

सहकारीको अवधारणा भनेको अवसर र सुविधाबाट वञ्चित समुदायका मान्छेहरूलाई एक ठाउँमा ल्याउने, उनीहरूको सीप, दक्षता, स्रोत र शक्तिलाई एकत्रित गरेर त्यसैबाट उनीहरूको आर्थिक, सामाजिक र वौद्धिक उन्नति गर्ने अत्यन्तै वैज्ञानिक अवधारणा हो ।

देशको एउटा आर्थिक खम्बा पनि हो सहकारी । तर जहिलेसम्म सहकारी नीति र नियमभित्र रहेर संस्था चल्छ त्यहाँसम्म समुदायको अर्थात् आफ्नो सदस्य परिवारको भलो गर्न सक्छ सहकारीले । तर आजको दृश्य फेरिदैँ गएको छ । आज ब्याज खाने परम्परागत साहुजस्ता भएका छन्, कतिपय सहकारी संस्थाहरू ।

समुदायको हितको लागि काम गर्ने सहकारीमा अरबौं रुपैयाँको कारोबार जरूरी छैन । तर, विडम्वना नै भन्नुपर्छ कतिपय सहकारी संस्थामा अरबौं अपचलन र ठगी भएका समाचारहरू आइरहेका छन् ।

अरबौ भ्रष्ट्राचार हुनका लागि कति अरब पैसा हुनुपर्छ ? कार्यक्षेत्रभित्र बसोवास भएका सदस्यसँग मात्र कारोबार गर्न पाउँछ सहकारीले । तर यो अरबौं रुपैयाको स्रोत के हो ? कि कालो धन सेतो बनाउने यन्त्र हो सहकारी संस्था ? राज्यले चासो राख्नु पर्ने हो यसमा तर राख्तैन ।

चासो नराख्नुले राज्य सञ्चालनमा सहभागीहरू नै सहकारीमा कालो धन राख्छन र सहकारीको पैसा पनि उनीहरू नै अपचलन गर्छन् भन्ने देखिन्छ । हैन भने सहकारी बोर्ड के हेरेर बसेको छ ? सहकारी विभाग सहकारी ठगीको साक्षी मात्र किन बसिरहन्छ ?

आज जुन शैलीबाट सहकारीहरू सञ्चालन हुँदैछन् । यसलाई नियन्त्रण र सुधार नगर्ने हो भने कुनै सहकारी पनि विश्वास गर्न योग्य रहने छैनन् । आम जनताले सहकारीसँगको आवद्धता त्याग्ने दिन आउने छ । समाप्त ।

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

पूर्वमा चिया पर्यटन
FEATURE BREAKING

पूर्वमा चिया पर्यटन

by अर्जुन उप्रेती
भदौ २६, २०८३
0

इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका कोमल...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.