Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

साहित्यमा विचार र कलाको बहस

प्रा. डा. भीम खतिवडा by प्रा. डा. भीम खतिवडा
अशोज १, २०८२
in कला साहित्य, विचार
0
साहित्यमा विचार र कलाको बहस
72
SHARES
Share on FacebookShare on Twitter

थालनी

साहित्य प्रतिभा, ज्ञान र अभ्यासको ओदाने आधारमा हाँस्छ । साहित्यको सन्दर्भमा सार्वभौम मानिने चिन्तन र कला मानवीय उत्पादनका सर्वोत्कृष्ट उपलब्धि हुन् । साहित्य र कला मानवीय अनुभूतिको सुन्दर प्रतिकृति भएर समाजलाई प्रभावित गर्ने ऐच्छिक तर सबल हतियार हुन् ।

आजको सन्दर्भमा कला र साहित्यको सामाजिक उपयोगितालाई उपेक्षा गर्नु आफ्नै विवेकको दरिद्रता प्रदर्शन हो भन्ने त प्रष्ट छ, तर पनि समयसँगै विकसित हुँदै गएको वैश्विक अर्थ–राजनीति, भूमण्डलीकरण आदिका कारण मनोगत विवृत्तिहरूले कलाको स्वतन्त्रतालाई सृजनशील अपरम्परा ठान्दै नूतनताको अन्वेषणका नाममा उद्देश्यहीन यात्रातर्फकलाको प्रयोग जस्ता कुराले नयाँ पुस्तामा पर्याप्त भ्रम छरेको देखिन्छ ।

त्यसैले प्रस्तुत आलेखमा जीवनमुखी साहित्यमा कला र विचारको संयोजित सत्ता तथा त्यसकै महत्वको सन्दर्भमा केन्द्रित भएर केही विमर्श गर्ने प्रयत्न गरिएको छ ।

साहित्य र कलाको धरातल

मानवसमाजको वर्गीय स्वरूप अनुरूप मानवीय चेतना, चाहना र प्राप्तिहरू निर्धारित हुन्छन् । सभ्यता, समृद्धि र तिनको उपभोगबाट सामाजिक जीवनमा आउने परिवर्तनले नै भौतिक सम्पन्नता, सुख र व्यक्तिसन्तुष्टि आदिमा क्रमशःपरिमार्जन गर्दै लगेको हुन्छ ।

हिजो दुईछाकको अभावसँग लड्ने मान्छे आज आफ्ना लागि चन्द्रमामा घडेरी हेर्दैछ भन्ने सुन्दा पनि सामान्य नै मान्नुपर्छ । पूर्वोक्त भौतिक जीवनको प्यासले मानवसभ्यताको रफ्तार वर्तमान बिन्दुसम्म आइपुग्दा बन्न पुगेका विभिन्न ध्रुवहरूको सीमाङ्कन,राष्ट्र–राष्ट्रबीचको सम्पन्नता र विपन्नताको चिनारी अनि ती–ती देशका नागरिकहरूको भौतिक जीवनको स्तरमा देखिने असन्तुलन जस्ता कुराले समग्र विश्वमानवसमाजको वर्गीय प्रारूपलाई स्पष्ट गरिहेकै छन् ।

यो यथार्थले हामीलाई के सुष्पष्ट गराउँछ भने श्रमको मूल्यमा सम्झौता गर्दै अघि बढेको एउटा वर्ग सधैं–सधैं शोषणग्रस्त अभावमय टुमटुमे जीवन बाँच्न बाध्य पारिएको हुन्छ । विश्वबजारमा पुँजीको निर्माण गर्ने श्रमजीवी वर्गका पसिनाको मूल्यमाथि बलात्कारको परम्परा निर्भय चलिरहेकै छ ।

खास गरी सम्पन्न पश्चिमा पुँजीवादी मुलुकहरूमा देखिएको स्वर्णझल्को, सम्पन्नताको मादकतापूर्ण स्वरूप र हतियारको होडबाजी तथा साम्राज्यवादी, विस्तारवादीहरूद्वारा विपन्न मुलुकहरूमा हुने सबैखाले हस्तक्षेपहरूको मूल कारण पनि परिश्रमी मजदुर वर्गको श्रमको दोहनबाट प्राप्त झिलीमिलीको खेती नै हो । ती–ती मुलुकहरूमा पनि श्रमजीवी मजदुर वर्गका जनताहरूमा अभाव र विपन्नता जस्ता समस्या ज्युँ का त्यँु छँदैछन् ।

यसैले समाजलाई प्रतिविम्बन गर्ने कला–साहित्यका सर्जकहरूमा वर्गीय चेतना अपरिहार्य हुन्छ । वर्गस्रोत स्पष्ट नभई उसमा वर्गीय–भेदको सम्बोध हुँदैन । जब वर्गीय स्वरूपको बारेमा स्रष्टा स्पष्ट हुन्छ तव ऊभित्रको वर्गपे्रम फुल्न र फल्न सक्छ । अनि मात्र उसका अक्षरहरूले पसिना र रगतको पारख गर्नेछन् ।

यति हुँदाहुँदै पनि सामयिक परिवेश र सामाजिक चेतनाको स्तर आदिजस्ता कुराको सापेक्षताप्रति पनि हामीले आँखा चिम्लनु हुन्न । सिद्धान्त र विचारको रटान अनि फर्मुलाको विनियोजन गर्ने गणितीय प्रविधिको बलात् प्रयोग ठूलो भूल हुनेछ– चेतनाको विस्तारक कला र साहित्यको सन्दर्भमा ।

मूलतः हामीले हामो सामाजिक धरातललाई व्यावहारिक र वैज्ञानिक विश्लेषण गरेर मात्र सृजनाको स्तर, उपयोजन, विधा छनौट र तिनको प्रभावकारितालाई सम्यक्तया आँक्न र हाँक्न सक्दछौं ।

साहित्य र कलामा सृजनशीलता

जबर्जस्ती विचारको जोताइले कला र साहित्यभित्रको सृजनात्मक सजीवताको हत्या हुन्छ र त्यस्तो कला साहित्य जीवनहीन बन्न पुग्छ ।

सीमित सिद्धान्तसूत्रहरूको कठोर ब्यारेकमा थुनेको कलम र कुचीको कलात्मकता पनि प्रायः सिद्धिन्छ । यथार्थ र स्वाभाविकतालाई कलापूर्ण र गतिशील बनाएर नै समाजमा साहित्यको प्रभावकारिता प्रस्तुत गर्न सकिन्छ । त्यसैमा कलमको सामथ्र्य निहित हुन्छ ।

यस अर्थमा वर्गीय पक्षधरतालाई आधार बनाएर साहित्य र कलाको रचना क्रियाशील प्रतिभाहरूमा सिद्धान्त, विचार र दृष्टिकोणमा स्पष्टता जति आवश्यक छ त्यो भन्दा बढी तिनको कलात्मक प्रकटीकरण र सृजनशीलता आवश्यक हुन्छ ।

गतिशील जीवनका हरेक पक्षहरू सुन्दर नहुन सक्छन् तर जीवनको समग्रताबाट ग्रहण गरिएका वस्तुहरूको सौन्दर्यपूर्ण विन्यास र कलात्मक रूपान्तरणबाट सर्जकले आत्मसन्तुष्टि र सामाजिक दायित्व दुबै पूरा गर्न सक्छ । यस सन्दर्भलाई अझ स्पष्ट गर्न आवश्यक छ :

विचार र कलाको सम्बन्ध

रचनाहरूमा स्रष्टाको चिन्तन पक्षको सम्प्रेषणले प्राथमिकता पाएको हुन्छ, तर व्यक्तिनिष्ट विचारको सार्वजनिकीकरण रुखो र भद्दा प्रस्तुतिभन्दा माथि उठ्न सकेन भने त्यस्ता रचनाको सामाजिक मूल्य कति होला र? आजको प्रगतिवादी लेखनमा बारम्बार उठ्ने कुरा पनि यही हो कि उत्तम विचारको सरल र कलात्मक सम्प्रेषणले त्यसको सुन्दर शैलीे अनुशरण गरेको हुन्छ ।

यसको अर्थ विचार र व्यवहारको संयोजन सृजनाको क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । शिल्प र शैलीको संयोजन नभएको, कलात्मकताबाट टाढा रहेको साहित्य वास्तवमा सुख्खा नेते–भाषणको अर्को स्वरूप बन्न पुग्छ ।

शब्दहरूको प्रदर्शनी र तमासाबाट चरा तर्साउने बुख्याँचो जस्तो दमहीन कृति बन्न त सक्ला, तर त्यसको उपयोगिता शून्यप्रायः हुन्छ । यहींनेर एउटा तीतो यथार्र्थ सम्झन सकिन्छ कि परम्परादेखि व्याप्त दुईखाले तर्कले प्रस्तुत गरेको कला र जीवनको सापेक्ष र निरपेक्ष सम्बन्धलाई पनि हामीले विवेकपूर्ण ढंगले लिनसक्नु पर्दछ ।

समाजनिरपेक्ष अक्षरका सारथीहरूर कलालाई कला मात्र ठान्छन् भने अरू चाहिँ जीवनको सापेक्षतामा सृजनालाई जोड्छन् र भन्छन् —कला जीवननिम्ति हुनुपर्छ । यो अनन्त शास्त्रीय बहसको निकास जे सुकै होस् हामीभित्रको चेतनाले देखेको सत्य हाम्रो समाजकै अर्को जीवन्त आलोक हो, यो उसै छिप्न कहाँ सक्छ र !

सृजनाको सम्प्रेषणीयता

कला र शिल्पको स्तरीय उत्पादन मात्र हैन यसको जनबोध्य पक्ष वा सम्प्रेषणीयतालाई पनि ख्याल गर्नुपर्छ । सरलता सुन्दर सृजनाको चिनारी बन्नुपर्छ । शब्दकोशको बैशाखी टेकेर, क्लिष्ट शब्दावलीको हनुमाने पुल बनाएर सन्तुष्टिको समुद्र तर्ने सर्जकले आफ्नू सृजनाको जनोपयोगितापट्टिभन्दा भद्दा स्वाँग, स्तरीयताको आडम्बर र प्रयोगवादिताको पगरी प्राप्तिको सपनालाई प्यारो ठानेको मान्न सकिन्छ ।

त्यसैले स्तरीय बनाउने नाममा लक्षित वर्गका सर्वसाधारणले समेत नबुझ्ने कलाको पारख कलमी इतिहासको नामावलीको तयारी कर्ताले मात्र गर्न सक्छ भन्ने तथ्यप्रति हामी सम्पूर्ण जनसाहित्यकर्मी–कलाकर्मी हरूले सचेत हुनु आवश्यक छ ।

सृजनाः चिन्तनको कलात्मक अवतार

विचारको शरीरलाई कलाको सुन्दर वस्त्रले ढाकेर लक्ष्यसम्म पुग्नेगरी गरिने प्रक्षेपण सामाजिक उपादेयताका दृष्टिले महत्त्वपूर्ण र सफल बन्न सक्छ ।

यो यथास्थितिप्रतिको विद्रोह निम्ति एउटा कोमल, नरम, कलमी हस्तक्षेपपूर्ण अभियानको वैचारिक मिसायल तव मात्र सिद्ध हुन्छ । यसको अर्थ सृजनामा पनि रूप र सारको मूल्यबोध गर्न जरूरी छ । रूप आकर्षणको माध्यम बन्छ, जुन बाह्य पक्ष हो तर सार त्यसभित्रको गुदी हो जसले पाठकीय–भावकीय चेतनामा परिवर्तन गर्नेसम्मको भूमिका निर्वाह गर्छ । पौष्टिकता गुदीमा निर्भर हुने हो बोक्रामा होइन ।

आजको विज्ञापनको दुनियाँमा रूपमा लोभिएर नै मानिस नजिक हुने त हुन् । यसर्थ सृजनाको अन्तर्वस्तुको सटिक संयोजन जत्तिकै त्यसको सम्प्रेषणीयता, गतिशीलता र कलात्मक रूपविन्यासतर्फ पनि जनसाहित्यकर्मीहरूले सचेत हुनुपर्दछ । सैद्धान्तिक चिन्तन र विचारको कलात्मक कारीगरीविना गरिने वस्तुगत रुखो प्रस्तुतिकै कारण प्रगतिशील रचनाहरूलाई सस्ता झण्डे रचना वा खोक्रा राजनीतिक नारावाजी भन्ने गरिएको तर्फ पनि हाम्रो ध्यान जानुपर्छ ।

हरेक साहित्यमा वर्गीय राजनीति हुन्छ । सास्वत भनिएको साहित्य पनि जीवनसँग सम्बद्धता–असम्बद्धताको एउटा बिन्दुबाट अलिकति निकट हुन्छ नै ।

साहित्य र कलामा राजनीति

जनतामाथि हठात् लादिएका भाग्यवादी, पुर्पुरोवादी अन्धतापूर्ण द्यौते शासनका चक्रवर्तीहरूले पुरानो समयमा साहित्यलाई आफ्नू वर्गीय स्वार्थ अनुरूप उपयोग गर्दै आएका हुनाले तिनले मथिङ्गलमा पौराणिक धार्मिक ग्रन्थहरू गैर–राजनीतिक हुन् भन्ने भ्रम जनतालाई व्याप्त पारेर आप्mनू अभीष्ट सााधिरहेकै छन् ।

आजको सामाजिक जीवनलाई कुपोषणयुक्त बनाउने अधिकांश जीवनविरोधी विचारहरूले संस्कार र संस्कृतिको स्वरूप लिएर सयांै वर्षदेखि जननतामाथि राज गरिरहेकेै छन् । कथाका मीठा, लयदार सन्दर्भ र अतिमानवीय आख्यानहरूको प्रतीकात्मक अर्थ नबुझाएर त्राश र आशमा समाजलाई आप्mनो पकडभित्र राखिरहन सफल रूढ सामाजिक परिवेशमाथि नवीन र वैज्ञानिक–व्यावहारिक विचारका प्रामाणिक तर्कपूर्ण कुराहरूले कलापूर्ण रीतले ममतापूर्वक गरिने मनो–हस्तक्षेप अपरिहार्य छ ।

साँस्कृतिक रूपान्तरणविना आधुनिक सभ्य र समृद्ध समाजको निर्माण र व्यवस्थापन सहज हुँदैन पनि । हामो सन्दर्भमा त झन् जातीय क्षेत्रीय र लैङ्गिकजस्ता समस्याहरूको समाधाननिम्ति वर्गीयताको चेतनासँगै जनवर्गीय कला र साहित्यको उत्पादन र विस्तार अपरिहार्य हुँदै गएको देखिन्छ ।

तब मात्र संघीयताको स्थापनासँगै राज्यको विकेन्द्रीकरण र जनपक्षीय नवसंस्कृति निर्माण सम्भव छ । जातपात र छुवाछुतको अन्धतापूर्ण संस्कृति पुरानो राजनीतिको जरो बनेर समाजमा गाडिएको छ, जसलाई कलापूर्ण वैचारिक कलमी हस्तक्षेपविना उखेल्न सकिँदैन । यही हो आजका जीवनवादी सर्जकहरूको कर्तव्य । यही नै साहित्य र कलाको जीवनमुखी दायित्व पनि हो ।

साहित्यमा विचार कलाको संयोजनको औचित्य

माक्र्सवादमा विश्वस्तहरूका निम्ति त वर्गप्रेम नै सृजनाको लक्ष्य निर्धारण गर्ने तत्त्व हो । यस निम्ति पनि स्रष्टाले समयसापेक्ष सचेत हुनुपर्दछ । जनताको चेतनाको स्तर अनुकूलका भाषिक प्रस्तुतिको छनोटले प्राथमिकता पाउनु पर्छ ।

विधा र शैली छनोटमा पनि यही कुरा आधारभूत हुनेछ । परम्पराका नाममा आँखा चिम्लेर त्वं शरणम् हुने प्रवृत्तिका कारण हाम्रा कलमहरूले पनि फेरि गरुड पुराणका नयाँ नयाँ संस्करण तयार गर्दै जाने हो भने हामीले चाहेको जनमुखी नवसंस्कृतिको निर्माण कहिल्यै सहज हुँदैन ।

अन्त्यमा,

वास्तवमा सैद्धान्तिक वैचारिक प्रतिबद्धतायुक्त कलमी सारथीहरूले तयारीका साथ जनमुखी साहित्य–कलाको निर्माणमा क्रान्तिकारी अभियान सञ्चालन गर्ने हो भने मात्र हाम्रो सामाजिक–साँस्कृतिक रूपान्तरण सम्भव छ, जसलाई हामीले जीवनवादी कला र साहित्यको मुख्य उद्देश्य ठानेका छौं ।

अबको हामो लक्ष्य माक्र्सवादको अध्ययनबाट उत्प्रेरित हुँदै समाजवादी राज्यव्यवस्थाको निर्माणमा उन्मुख राजनैतिक सामाजिक संरचनाका निर्माणसँगै जनतामुखी संस्कृति, कला र साहित्यको अभिवृद्धि सुन्दर समतामुखी नयाँ नेपालको भविष्यतर्फ केन्द्रित छ, जसका निम्ति अबको युगमा मस्तिष्क र मुटुको संयोजनकारी भूमिका साहित्य र कलाले मात्र निर्वाह गर्न सक्ने छ ।

त्यसैले विचार वा चिन्तनको खुराकलाई स्वादिलो कलासौन्दर्यले पाठक, भावकसम्म पु¥याउने उद्देश्यले अबको लेखन प्रेरित हुनुपर्दछ, जसले सरल तथा सहज तरिकाले आमजनतासम्म चेतनाको उज्यालो पु¥याएर जागरणको सुरिलो गीत गाउन सक्षम बनाउने छ । -अर्काइभबाट 

Tags: #विचारभीम खतिवडा
प्रा. डा. भीम खतिवडा

प्रा. डा. भीम खतिवडा

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by प्रा. डा. भीम खतिवडा
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना
कला साहित्य

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

by प्रा. डा. भीम खतिवडा
अशोज ६, २०८३
0

धरान : धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ । ९०...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.