Monday, August 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

गाउँ छोडेर फर्किएको पहिलो दशैं

अनिता प्रकृति by अनिता प्रकृति
अशोज १५, २०८२
in कला साहित्य, विचार
0
गाउँ छोडेर फर्किएको पहिलो दशैं
105
SHARES
Share on FacebookShare on Twitter

कलेजका अन्तिम दिनहरू गन्दै महिना बित्छ। आमाको चहकिलो स्वरमा दशैंमा त घर आउछौ नि? यो सुन्न साथ तीजको समयदेखि नै बिदाको दिन गन्न सुरु हुन्छ।

हामी गाउँमा हुर्कियौँ। गाउँ भन्नु आफैँमा प्रकृति हो। प्रकृतिलाई मानिसहरू प्रेम मात्रै गर्दैनन्, प्रकृतिसँगै बाँच्ने प्रयास पनि गर्छन्। प्रकृतिको अद्धितीय उपहार छ र नै मानिसहरू पनि छौँ। यसैकारण पनि गाउँको रमाइलो नै प्रिय हुन्छ। शहरको कोलाहलबाट उम्किएर गाउँको रमझम, आहा !

आहा ! वरिपरि हरियाली । यस्तो सम्झिदाँ मन नै चङ्गा जस्तो उडिरहन्थ्यो। मेरो शहरमा मिल्ने एउटी साथी छिन्। हाम्रो एउटै गाउँ भएर होला, घर सँगै जाने सल्लाह हुन्थ्यो ।

ग्रामीण सडक, पुरानो बसमा उभिएर गरिएका यात्रा, मनमा घर पुग्ने खुसीका पोकाहरू फुल्थे। सानो हुँदा बाबा आमाले थानको कपडा किनेर सिलाई दिनु भएका लुगा लगाएर छिमेकीलाई देखाउदा जति खुसी मिल्थ्यो, त्योभन्दा खुसी ८/१० घन्टा उभिएर गरिएको यात्रामा मिल्थ्यो।

गाउँ फर्किने अघिल्लो रात ननिदाएर नै बिहान हुन्थ्यो। हो! यसरी दशै आफैसँग घर भित्रिएको भान हुन्थ्यो।
गाउँको लिङ्गेपिङ, ढिकिमा कुटिएको धुलो अचार यसको स्वाद नै काफी थियो।

शहरबाट अलिकति गफ लगाउन मसला थपिएको हुन्थ्यो। यस्ता साथी, उस्ता साथी । यस्तै–यस्तै केही कुरा।
घटस्थापना कै दिन राखिएका पहेँला जमराले आशीर्वाद पर्खिरहेका हुन्थे। सानो गल्लीका बाटोमा नयाँ लुगा सुर्किदै मान्छेहरू टीका थाप्न हिँड्नेको भीड देखिन्थ्यो।

मलाई दशैँमा पिङ खेल्न पाए पुग्थ्यो। अलिक सानो हुँदा टीका, जमरा खुब चासो लाग्थ्यो। शिरमा कस्को टीका कति छ? कानमा जमरा कति छ? जसको धेरै छ, त्यो नै भाग्यमानीजस्तो महसुस हुन्थ्यो।

चुलामाथि बाँसको हरियो कप्टेरोमा शिला बनाएर मासु सुकाइएको हुन्थ्यो। लाग्यो यो पो दशैँ हो। चिउरामा धुलो अचार राखेर गाईवस्तु चराउन जाँदा खानु। पिङमा पालो पर्खिनु, यस्तै–यस्तै कुराले दशैं आएजस्तो लाग्थ्यो।

रुदैँ घर छोडेर भविष्य खोज्न शहर पसेका मनहरू गाउँको यही रमाइलो पछ्याएर गाउँ फर्किन्थे।

र, अहिलेको दशैँ भने विगतका स्मरणमै बितिरहेको छ। त्यसबेला घर छोड्दा आँसु टल्किएका आँखाहरू फेरि दशैंको बहानामा गाउँ फर्केर मुस्कुराहट मुहारले सम्झिरहेछ – पिङ, धुलो अचार, टीका र जमराको सम्झना।

फेरि त्यस्तै दशैँ आए… !

Tags: #दशैँ#विचार#साहित्य
अनिता प्रकृति

अनिता प्रकृति

Related Posts

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण
कला साहित्य

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

by अनिता प्रकृति
साउन १७, २०८३
0

इटहरी : सुनसरीको इनरुवा निवासी सीमा अभियन्ता तथा साहित्यकार गोपाल कोइराला ‘त्यागी’को जीवन, संघर्ष र योगदानमा आधारित पुस्तक ‘एउटा अथक...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by अनिता प्रकृति
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

साउन ४, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अरुण उपत्यका

अरुण उपत्यका

साउन २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

साउन २४, २०८३
अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    437 shares
    Share 175 Tweet 109

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.