Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

फूलजस्तै बहिनी अन्मिएर गइन्, बगैँचा फेरि उजाड भयो

अनिता प्रकृति by अनिता प्रकृति
कार्तिक ८, २०८२
in विचार
0
फूलजस्तै बहिनी अन्मिएर गइन्, बगैँचा फेरि उजाड भयो
94
SHARES
Share on FacebookShare on Twitter

माघ महिनाको चिसो, चियाको चुस्की खुब तालमेल मिलेको थियो । मलाई सधैंको हतारो थियो । प्रकृति नि घरी घरी छल गर्ने, सूर्यको घुम्टो उग्रेला र न्यानो होला भन्यो । हिजो र आज उस्तै चिसो थियो ।

बार्दलीमा बसेर मकालु हिमालसँग मुस्कुराउँदै कफीको घुड्की निले । यो प्रकृति पनि प्राकृतिक सुन्दरताले विछट्टै श्रृङ्गारिएको छ । पाँचखपनको एउटा सुन्दर बेँसी डुम्रेबेँसी पनि हो ।

म गाउँको सबैको दिदी थिएँ । भनौं कि बिहे मबाट सुरु गर्दा हुने थियो । अरू काका बडाबाका छोरीहरु मेरा बहिनी थिए । पालो आफ्नै भए नि बिहे गर्ने रहर थिएन । मलाई बिहे गर्नुपर्छ नै लाग्दैन थियोे ।

यतिकैमा घरमा बहिनीको बिहेको कुरा चल्यो । बहिनी भर्खर स्नातक तहको पढाइ सुरु गर्दै थिई । आफूलाई सधैं बहिनी सानै छ लाग्थ्यो ।

एउटा राम्रो घरबाट विवाहको प्रस्ताव आएपछि परिवारले सोच्नुपर्छ भनी दियौं । खोइ बहिनीको बिहेको लगन आएको थियो क्यारे ! बहिनीले बिहेको लागि मन्जुर भइन् ।

मलाई लाग्थ्यो – उमेर बढेसँगै बिहेको कुरा आउनु समान्य हुन् । तर बहिनी त बिहे गर्नै पो राजी भई । बिहेको लागि दुवै परिवार राजी भयौं ।

त्यो माघको महिना, जाडोले कठिङ्रेसंगै मन पनि भारी हुन्थ्यो । बहिनी सानै छे । फूल जसरी हुर्किएकी छ । पराईको घरमा फुल्न सक्ने हो कि होइन । उसको भविष्य के होला भन्ने कुरा मनमा खेल्ने गर्थे ।

म थोरै जसो घरमा हुन्थेँ । यसपटक घरको काम सघाउनुपर्छ, बिदा बस्नु भनेर आमाले भन्नु भएको थियो । त्यसै अनुरुप म घरमा थिएँ ।

घरीघरी बहिनी दङ्ग परेको हेर्थेँ । घरीघरी निराश भएर घोत्लिएको देख्थेँ ।

सानैदेखि टाढा–टाढा भएर होला । हामीभित्र अथाह माया थियोे । म बहिनीका हरेक जिम्मेवारी बहन गर्थें । किन कि मेरी बहिनी घरकी राजकुमारी हो, लाग्थ्यो मलाई ।

दिन गन्दा गन्दै बिहेको माहोलले घर सजिएको थियोे । आफन्त र छर–छिमेकीको गफ सुन्न रमाइलो नि हुन्थ्यो ।

कुनैकुनै बेला मेरो बिहेको कुरा माथि पनि प्रश्न चिह्न उठ्ने गथ्र्यो । ‘आकृतिको बिहेमा नाच्ने रहर थियो । तर कृतिकाको पो बिहे भयो ।’

म सधैं भन्ने गर्थें – बिहेपछि म श्रीमानको घर जानुपर्छ । जब म यत्तिको परिवारमा जीवन बिताउन सक्छु भन्ने लाग्छ तब मात्र बिहे गर्छु ।

जन्तीलाई आगनमा स्वागतको कार्यक्रम सकियो । अब विवाहको विधि सुरु हुन थालिसकेको थियो ।

आउने जानेको भीड उस्तै थियो । बहिनी रातो सारीमा सजिएर बेहुली भएकी थिइ । जोडी खुब जमेको देखिन्थ्यो । मलाई नि धौ धौ नै थियोे । घरी यो सकिन्छ, घरी त्यो सकिन्छ । सबै मिलाउनु थियो ।

बहिनीलाई अन्माउने बेला भएको थियो । बहिनी गर गहनाले धपक्क सजिएकी थिइ । बिदाइको टीकापछि विधिवत् रूपमा बिहे समापन भयो ।

दुई दिनपछि बहिनी ज्वाँइ साब आउने कुरा भयो । विवाहकै दिन सम्धी–सम्धीनीको ढोगभेट सकाइएको थियो ।

एक दिन, दुई दिन भन्दै दिनहरू बित्दै गए । सुरु–सुरुमा बहिनी पराई घरमा भए नि खुब खुशी देखिन्थी ।

पछि–पछि उस्को मुहारबाट खुशीका रङ्गहरू फिक्का बन्दै थिए । उ आफ्नो घरको इज्जत बचाउन खुब माहिर थिइ ।
वर्ष दिनपछि बल्ल बहिनी बोली । म त्यो घर जान्न भनेर ।

हामी सबै यो कुरा सुनेर छाँगाबाट एकैपटक खसेको भान भयो । यति बुझ्ने परिवार, शिक्षित परिवार भनेर बहिनी अन्माएका थियौँ । तर, बहिनीले दाइजो नपाएको निहुँमा दिन रात खट्पट हुन थालेको रहेछ ।

सायद गाउँमा यस्ता कार्य विरलै हुन्छन् । मेरी बहिनिको हात माग्न केटा पक्षबाट आमा, बुबा र साथमा दिदीहरू आउनुभएको थियो । हामीलाई हजुरहरूको छोरी मात्र भए पुग्छ। सम्पत्ति, दाइजोको विरोधी हामी पनि हौं भन्नुभएको थियोे ।

बहिनी दिन दिनै दुब्लाउँदै गएकी थिइ । उसले पढाइलाई विचलित गराउँदै थिइ । ज्वाइँ साबसँग कुरा गर्दा सबै कुरा सामान्य हुने भन्नुभयो ।

मन आत्तियो । बहिनीलाई सम्झायौँ । बहिनीलाई माइतीबाट दिएका गहना साना भएका रहेछन् । सासू आमालाई छड्के तिल्लरी सानो भएको रहेछ । मन खिन्न भयो । सधैंको लागि बहिनीलाई घरमा ल्याएर पढाइ पूरा गराउने निर्णय भयो ।

केही वर्ष पछि बहिनी माध्यमिक तहको सामजिक शिक्षिका बनिन् । उसको मुहार बेहुली हुँदा जति खुलेको थियोे । आज यो खुसियालीमा पनि उत्तिकै खुसी देखिन्थी ।

मेरो मनमा सधैं एउटै कुरा आउथ्यो र आउँछ ।

के छोरीले अन्मिएर पराई घर जानै पर्छ र ?

Tags: अनिता प्रकृतिफ्ल्यासब्याक
अनिता प्रकृति

अनिता प्रकृति

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by अनिता प्रकृति
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
टाकुरा विशेष

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अनिता प्रकृति
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.