Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

स्वाब संकलन युनिट संयोजकको अनुभव : उच्च मनोबल र प्रशंसा भए जस्तोसुकै रोग परास्त गरिन्छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०७७
in विचार
0
स्वाब संकलन युनिट संयोजकको अनुभव : उच्च मनोबल र प्रशंसा भए जस्तोसुकै रोग परास्त गरिन्छ
275
SHARES
Share on FacebookShare on Twitter

२०१९ डिसेम्बरमा चीनको वुहान सहरमा कोरोनाको कहर हुँदै गर्दा हामीलाई कोरोना थोरै डर र धेरै मजाक को विषय थियो ।

जब कोरोनाको प्रकोप युरोपतिर पुग्यो, तब मजाक कम र डर ज्यादा बन्दै गयो । त्यसपछिका समय क्रम त कोरोनाले आफ्नो फैलावट जति जति बढाउदै लग्यो त्यति नै प्रकारका बुझाई र मानिसहरुका तर्क वितर्कहरुका क्रम आज पनि जारी नै छन् । विचार र तर्कहरुको अन्तिम किनारा त समयक्रममा लाग्ने नै छ ।

यो बीचमा मानिसले भोगेका दुःख, अफ्ठ्यारा र चुनौतीका अनेकन पाटा पनि उजागर हुने क्रम चालिने रहेकोछ ।

त्यस्तै यो ६ महिने अबधिमा विद्यार्थी नेताबाट स्वाब संकलनको अभियान अनि आँफू संक्रमित बन्दा सम्मको घटनाक्रमलाई आइसोलेसन वार्डमा बसेर शब्दमा उतार्ने कोशिस गरेको छु ।

नेपालमा पहिलो पटक कोरोनाको संक्रमण देखा परेसंगै राष्ट्र व्यापी रुपमा नेपालमा लकडाउनको घोषण हुँदै गर्दा क्याम्पस नियमित सूचारु नै थियो । बिद्यार्थी राजनीति र अध्ययनका काम सामान्य नै थिए ।

आँफू माईक्रोवायोलोजी विषयको बिद्यार्थी भएकोले हामी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट माईक्रोवायोलोजी टिमले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप जनचेतनामूलक कार्यक्रम धरान उपमहानगरपालिकाका विभिन्न वडाहरुमा गर्दै थियौँ । सेनिटाइजरको हाहाकार मच्चिरहेको बेला घरमा नै हेन्ड सेनिटाइजर समेत बनाउने तालिम दिदै थियौँ ।

कोभिड १९ ले नेपालमा मार्च १६ मा पहिलो पटक एकजना व्यक्तिको ज्यान गएको खबरले हामी सबैमा बेग्लै किसिमको त्रास सृजना भएको थियो । लकडाउनको अन्त्य कहिले हुने भनें अलमल परेका बेला यो बीचमा धरानमा बिद्यार्थी साथीहरुलाई आफ्नो घर जाने बन्दोबस्तको सहजीकरण पनि हुदै थियो ।

नेपालमा लकडाउन अलिक खुकुलो हुँदै गर्दा धरानमा पनि कोरोनाको संक्रमण देखा पर्न थाल्यो ।

एक दिन बेलुका धीरेन सरको कल आयो – ‘हामीलाई नगरपालिकाले कोरोना परीक्षणका गर्न स्वाब संकलनका लागि पत्र पठाएको छ । तिमीहको टिम तयारीमा जुट्नु ।’

म अलमल्लमा परेँ के गर्ने ? कसो गर्ने ? म होस्टलमा बस्ने भएकोले क्याम्पस प्रशासनलाई यस बिषयमा जानकारी गराइयो । प्रशासनका तर्फबाट हेमन्त सरले हामीलाई सल्लाह दिदँ प्रोत्साहन गर्नुभयो । हामी माइक्रोबायिलोजीका विद्यार्थीहरुलाई जनाताको डर भन्दा पनि सेवा गर्ने मौका हो भन्ने लाग्यो । मनमा डर र कर्तब्य बोधको आभास एकै चोटी भईरहेको थियो ।

भोलिपल्ट बिहान धरान उपमहानगरपालिकाबाट उमेश सरको कल आयो हामी नगरपालिकाको गाडीमा चढेर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लाग्यौँ । मनमा धेरै प्रश्नहरु उब्जिए । अखबार, रेडियो, टेलिभिजनका खबरले हामीलाई त्रसित बनाइरहेको थियो । लाखौँ मानिस दिनहुँ सक्रमित भएका र मृत्युका खबरहरु सामान्य बन्न थालेको बेला आँफू पनि संक्रमित भइने त होइन भन्ने डर पनि थियो ।

अनुहारमा त्यो डरको भाब नदेखाउने प्रयत्न सहित झ्यालबाट नियाल्दै थिएँ प्रतिष्ठानको गेट पुगेपछि पो झस्किएँ । जब कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकियो स्वास फुलेर आयो म सँग गएका साथीहरु आकृति र मोजेसलाई हेरेँ । उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइ सकेको थियो ।

हामीले अध्ययन त धेरै गरेका थियौँ । तर, कोरोना संकास्पद व्यक्तिहरुको स्वाब लिनुपर्ने थियो । त्यसमाथि स्वाब संकलन टिमको संयोजकको जिम्मेवारी, आँफूलाई निडर र शान्त देखाउनु थियो । हामीलाई जनताको सेवा गर्ने यो भन्दा ठूलो अवसर आज सम्म मिलेको थिएन । यो अवसर गुमाउने पक्षमा थिएनौँ । त्यसैले मनोबल निकै दरो बनाएर काम गर्ने निश्चय गर्यौं ।
कोभिड अस्पतालमा स्वाब संकलन गर्नेको भीड देखेर हाम्रो टिम झन अक्कन बक्क भएको थियो ।

के गर्न के नगर्ने पत्तै भएन ? निकै गहिरो सोचमा म हराउन थालेँ । तर, स्वाब संकलन गर्नेको चाप देखेर जनशक्ति कम भएको महसुस भयो । हामी ३ जनाले यति धेरै मानिसको चाप थेग्न सक्ने अवस्था पनि थिएन । पछि प्रतिष्ठानकै साथीहरु, ससाङ्क, फेमी, मनिसा सहयोगीको रुपमा आउँनुभयो ।

हामीले पहिलो पटक पीपीई लगाउँदै गर्दा शरीर निकै काँपिरहेको थियो । हातहरु चेत हराएको मानिस जसरी नाचिरहेका थिए ।

प्रचण्ड गर्मीको ढाडसमा पीपीई लगाएर निरनतर ५ घण्टा सम्म स्वाब लिदाँ हाम्रो शरीरमा पानीको मात्रा निकै कमी भएछ । मलाई रिङ्गटा लाग्न थाल्यो । मैले निस्पट अध्याँरो मात्र देखेँ । एकजना साथीले मलाई कुर्सीमा राख्नु भएछ । बिस्तारै पीपीई खोल्न थाले जब पीपीई खोलँ मैले हतार–हतार लानो लामो श्वास लिएँ । त्यसदिन हामीले २९२ जनाको स्वाब संकलन गरेका थियौं ।

दोस्रो दिन एन्फा क्वारेन्टिनमा हामी स्वाब संकलन गर्न गएका थियौँ । काम गर्दै जादाँ संक्रमितको चाप बढेकोले हाम्रो टिम अझ ठूलो र मजबुद बनाउनपर्ने भयो । नगरपालिकाले आफ्नो स्टाफ लुना म्याम र चन्द्रकला म्याम पठाउनुभयो ।

हाम्रो टिमबाट मिसा र साहिलहरु सहितको एकमुष्ट टिम बनाएर काम गर्न थालेको झन्डै ३ महिना भइसक्यो । आजसम्म करीब ५ हजार भन्दा धेरैको स्वाब संकलन गरिसकेका छाँै । १ हजार ७ सय बढी संक्रमित भएका छन् ।

अहिले पनि धरान उपमहानगरपालिका भित्रका सबै संकासपद र लक्षण देखेकाहरुको हामीले नै स्वाब संकलन गरिरहेका छौं । यो हाम्रो लागि एउटा चुनौती र जोखिमपूर्ण कार्य छ ।

तर, धेरै कुराको अनुभव बटुल्ने अवसर पनि मिलेको छ । कोरोना बिरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई हौसला दिन धरानकी उपमेयर मन्जु भण्डारीले आफ्नो जन्मदिन हामीसँग मैदानमा नै आएर मनाउनुभयो । यो हाम्रो लागि सम्मान, प्रोत्साहन थियो ।

नेपालको अरु विभिन्न ठाउहरुमा स्वास्थ्यकर्मीहरुलाई घृणित नजरले हेरेपनि धरान उपमहानगरपालिका र धराने जनताले जहिल्यै पनि माया र सम्मान दिईराखेको अवस्था छ ।

यतिबेला अत्यधिक रुपमा संक्रमित बढेकाले होम आइसोलेसनमा बस्ने कोरोना पोजेटिभहरुलाई ‘एक व्यक्ति एक स्वास्थ्यकर्मी’ दिने अभियान चलाउन सुरुवात गर्यौँ । आजसम्म होम आइसोलेसनमा बस्नुभएका ३ सय ५० भन्दा माथि संक्रमितलाई हामीले परामर्श र स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्य गरिरेका छौँ ।

नेपालको एक मात्र क्याम्पस केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ हुने पोषण तथा आहार विद्हरुले होम आइसोलेसनमा बस्नु भएका जो कोही बिरामीलाई न्युट्रिसन थेरापी जस्मा रोगप्रतिरोधात्मक क्षमतालाई कसरी वृद्धि गराउने भन्ने बिषयमा र कोरोनाका लागि स्पेसल डाइटचाट बनाएर धराने जनतालाई टेवा पुर्याउनदै आएका छन् ।

बाँकी हात्तीसारका माईक्रोवायोलोजी र धरान मेडिकल टिमले संयुक्त रूपमा मेडिकल काउन्सिल गरिरहेका छ ।

कोरोना बिरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई तुच्छ नजरले हेर्ने, घरको बार्दलीबाट टीका टिप्पणी गर्नेहरु पनि धेरै थिए । तर, हामीले अध्ययन गरेको बिषय नै यस्तो थियो कि कुनै न कुनै दिन चिकित्सा प्रयोगशालामा काम गर्नु नै पर्ने थियो । यति चाँडो नै हामीले यसरी कोरोना बिरुद्धको अभियानमा संलग्न भएर काम गर्न पाउँने कुरा चै पत्यार लाग्दो थिएन ।

अहिलेको स्थितिमा हामीजस्ता मेडिकल ब्याग्राउड भएका विद्यार्थीहरुले देशका जनताको सेवा गर्न पाउने मौका पनि हो । हामी विद्यार्थीहरुलाई यस्तो परिस्थितिमा सेवामूलक काम गर्दै गर्दा व्यावहारिक शिक्षा प्रति चासो र भोलिका दिनमा अझ शशक्त ढंगले खोजमुलक अनुसन्धान गर्नमा समेत प्रेरित गर्दछ ।

अहिलेको विषम् परिस्थितिमा धरान काम गर्दै गर्दा हाम्रो टिमका साथीहरुलाई पनि कोरोना पोजेटिभ भयो । म स्वयम् होम आइसोलेसनमा बसिरहेको छु । हामी उच्च मनोबलका साथ स्वास्थ्यलाभ लिईरहेका छौँ ।

अन्त्यमा उचित अवसर र प्रशंसा पाएको अवस्थामा मानिसले जस्तो सुकै चुनौती पनि पार गर्न सक्छ ।

यदि हामीले आँफूसंग भएको जनशक्तिलाई सही तवरले प्रयोगमा ल्याउँन सकेमा कोरोनाबाट बच्न मात्र होइन, ठूलो जनधनको क्षति हुनबाट बच्न सक्ने काम गर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन भवितब्य परेको जुनसुकै अवस्थामा पनि महामारीलाई परास्त गर्न सकिन्छ ।

प्रधान केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा माइक्रोबायोलोजी, स्वाब संकलन युनिटका संयोजक हुन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी टप्पुमा अर्नाको बथान

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

साउन २८, २०८३
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

साउन २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

कोशीमा चट्याङको कहर : पाँच वर्षमा ६६ मृत्यु, २१८ घाइते

साउन २८, २०८३
ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.