Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

के हो बेडसोर अर्थात् चाप घाउ ? यस्ता छन् डा. नीरन महर्जनका सुझावहरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०७७
in विचार
0
के हो बेडसोर अर्थात् चाप घाउ ? यस्ता छन् डा. नीरन महर्जनका सुझावहरु
251
SHARES
Share on FacebookShare on Twitter

‘उपचार भन्दा रोकथाम राम्रो हो’ भन्ने भनाई हामी सवैले नसुनेका होइनौं ।

कतिपय समस्याहरु यस्ता पनि हुन्छन् जसमा सबै कुराहरु थाहा हुँदा हुँदै पनि केही गर्न नसकिने बाध्यता पनि आउन सक्छ । बाह्य रुपमा हामी जति साधारण देखिन्छौं । भित्र सुक्ष्म रुपमा हामी त्यति नै जटिल छौं । कसैलाई देख्ने बित्तिकै उसको छालाको रङ्ग र बनावटको हिसावले हामी अनेक प्रकारले वर्णन गर्न हतारिन्छौं । तर, के हामी सवैलाई थाहा छ यस छालाको धेरैवटा महत्वपूर्ण भुमिकाहरु हुन्छन् ?

पसिनाको माध्यमबाट शरीरमा भएको फोहर फाल्नेदेखि रोगका किटाणुलाई पहिचान गरी रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा यसमा विद्यमान सुक्ष्म स्नायू प्रणालीको मद्दतद्वारा आँफूलाई वा आँफूले छोएको साथसाथै असहज हुनेगरी चापदिएको कुरालाई थाहा दिने काम समेत गर्दछ ।

सामान्यतयाः हामी एउटै आसनमा लामो समयसम्म कुनै पनि हलचल नगरीकन बस्ने हो भने शरीरको विभिन्न भाग जुन सतहसँग सम्पर्कमा हुन्छ त्यहाँ उत्पन्न उच्च चापले हामीलाई असहज महसुस गराउँदछ । र, कनै पनि नकरात्मक असर आउनु अगाडि नै हामीले हाम्रो आसन फेरिसकेका हुन्छौ । तर, जब हाम्रो स्नायू प्रणालीमा समस्या आउँदछ वा आसन फेरबदल गर्न असक्षम हुन्छौं । तब यस चापले नकरात्मक असरहरुको रुपमा घाऊ बनाउन सुरु गर्दछ । जसलाई चाप घाऊ अर्थात् बेडसोरको नामले चिन्दछौं ।

१. चाप घाऊ भन्नाले के बुझिन्छ ?

मुख्य रुपमा प्रेसर सोर वा बेडसोर नामले प्रचलित यो चाप घाऊ शरीरको कुनै पनि भागमा एकै तवरको चाप डेढ–दुई घण्टा भन्दा बढी परिरहेको खण्डमा उक्त चापले निम्त्याउने घाऊको रुपमा बुझिन्छ ।

२. चापको मात्रा कति भएको खण्डमा यस्तो घाउ बन्दछ ?

शरीरको हरेक कोषमा रक्तसंचार पु¥याउने जिम्मा लिएको केशिका जसलाई अंग्रेजीमा क्यापिलरी भनिन्छ । उक्त केशरीको चापभन्दा बढीको चाप परेको खण्डमा शरीरको उक्त भागमा रक्तसंचार संचालनन हुँदा विस्तारै घाऊ बन्दै जान्छ ।

३. यो चाप घाऊ बन्न चापले मात्र भूमिका निर्वाह गर्दछ ?

होइन । लामो समयसम्म रहेको चापको मुख्य भूमिका भएता पनि अरु निम्न लिखित भनिएका कुराहरुले पनि यसको विकासमा टेवा पु¥याउँछ ।

क) घर्षण
ख) कतरनी
ग) ओस
घ) कुपोषण
ङ) मस्तिष्कचोट

४. कस्ता व्यक्तिलाई यो चाप घाऊ हुन सक्दछ ?

बैज्ञानिक तवरले हेर्ने हो भने जोखिम मूल्यांकन मापनको प्रयोग गरेर को कति जोखिममा छन् भने पत्ता लगाउन सकिन्छ । धेरैवटा मापन गर्ने विधि भएता पनि मुख्य रुपमा संसारभरी प्रयोग हुँदै आएको ब्राडेन मापन प्रयोग गर्न सकिन्छ ।

आम मानिसले बुझ्ने भाषामा भन्नु पर्दा पक्षघात वालकुवा भएका विरामी दीर्घ रोगीहरु जो आँपैm हलचल गर्न नसक्ने र सघन कक्षमा (आई.सी.यु.) लामो समयसम्म राखेर उपचार गर्नुपर्ने बिरामीहरुमा यो घाऊ बन्न सक्दछ ।

५. शरीरको कुन भागमा यो चाप घाऊ बन्न सक्ने प्रवल सम्भावना छ ?

सुत्दावा बस्दा शरीरको जुनभागले सतहमा बढी सम्पर्क हुन्छ र उक्तभागमा सजिलैसँग शरीरको हड्डी छाम्न सकिन्छ त्यस्तो शरीरको भागमा यो घाउ बन्दै जाने हुन्छ ।

६. के–के गर्दा यो चाप घाऊ बन्नबाट रोकथाम गर्न सकिन्छ ?

निम्न कुराहरुलाई रुपले पालना गर्ने हो भने धेरैजसो घाऊ बन्ने रोकथाम गर्न सकिन्छ ।

पहिलो जोखिम मूल्यांकन : कुन व्यक्ति बढी जोखिमयुक्त छ भनेर पत्ता लगाउने ।

दोस्रो कुराः छालाको स्याहार

नियमित रुपले मन तातो सावुन पानीले धुने, पखाल्ने तथा नरगडिकन पुछ्ने अनि आवश्यकता अनुसार छाला सुख्खा हुनबाट जोगाउने र कुनै पनि चोटपटक लाग्नबाट बचाउनुपर्दछ ।

तेस्रो कुराः असंयम

दिसा–पिसावको असंयमको कारण शरीरको भाग ओसिलो भएर सजिलै घाऊ बन्न सक्दछ । तसर्थ, समय समयमा हेरेर सहर्ष ध्यान पु¥याउँदा ओसिलो हुनबाट जोगाउन सकिन्छ ।

चौथो कुरा :संस्तंमता नियन्त्रण

शरीरको मांसपेशीहरु कडा भइराख्ने अवस्था संस्तमतालाई कम गराउन नियमित फिजियोथेरापी वा औषधिको प्रयोग गर्ने वा शल्यक्रिया माध्यमबाट ठीक बनाउन खोज्नुपर्छ ।

पाँचौ तथा मुख्य कुरा : चाप घटाउने

शरीरको आसनलाई हरेक एकदेखि डेढ घण्टामा फेरि राख्ने र परेको ठाउँमा मसाजगर्ने तथाओछ्याएका कपडाहरु खुम्चिएको र तनक्क तन्किने गरी मिलाएर राख्ने तथा सकिन्छ भने बजारमा उपलब्ध विभिन्न उपकरणहरु जसले चाप घटाउन मद्दत गर्दछ, उक्त चीजहरुको प्रयोग गर्ने ।

छैठौं कुरा : पोषण

कुपोषण हुनबाट जोगाउन सकियो भने यस्तो घाउ बन्नबाट जोगाउन सकिन्छ ।

७. यदि घाउ देखापरेको खण्डमा के गर्न सकिन्छ ?

घाऊ कति गहिरो र ठूलो छ त्यस अनुसार उपचार पद्धति फरक हुन्छ । अगाडि भनिएका रोकथामका सवै उपायहरु नियमित रुपले अपनाउनुपर्छ र घाऊ यदि शुरुवाट हो भने घाऊलाई सफामात्र राख्दा पनि निको पार्न सकिन्छ भने यदि घाउ गहिरो र ठूलो छ भने शल्यक्रिया गरेर यसबाट निको बनाउनेतिर लाग्नुपर्छ ।

८. घाउ निको भएपश्चात पुनःत्यहि घाउँमा घाऊ बन्न सक्छ कि बन्दैन ?

यदि रोकथामका उपायहरु अपनाएन भने बारम्बार यस्तो घाउ बन्दैछ ।

(कन्सल्टेण्ड प्लाष्टिक सर्जन डा. नीरन महर्जन वीर अस्पताल र काठमाडौँ न्यूरो तथा जनरल अस्पतालमा कार्यरत छन् ।)

Tags: #विचार#स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.