Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

असार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०७९
in कला साहित्य
0
असार
136
SHARES
Share on FacebookShare on Twitter

नटूसाई नअंकुराई चुपचाप बसिरहेको समयलाई,
कसरी भन्न सकिन्छ असार ?
पहाडको छातीमा पहिरो झर्दैमा
अनि खोलो धमिलो हुँदैमा,कहाँ भन्न सकिन्छ असार ?
असार आउनलाई त टुसाउनुपर्छ सुनौला भविष्यका सम्भावनाहरू,
अंकुराउनुपर्छ पौरखका पसिनाहरू,
फोरिनुपर्छ कु–संस्कारका बाँझाहरू

अंगेरी फुल्दैमा अनि झ्याउँकीरिले गाउँदैमा ,
हरियो वस्त्र पहिरिदैँमा, र दही चिउरा खादैंमा
कहाँ आउँछ असार ?
असार आउनलाई त
आउनुपर्छ भानुजयन्ती अनि लेखिनुपर्छ नेपाली मनमा खुसीका हरफहरू
गाइनुपर्छ असारे भाका अनि रंगिनुपर्छ विधुवाका सिउँदो

बङ्गालको खाडीबाट आएको बादल वर्षा बनेर झर्दैमा,
पहाडको कोखमा मूल फुट्दैमा,
अनि पाखाहरूमा सिरुका मुनाहरू पलाउँदैमा,
कहाँ आउँछ असार ?
पटपटी चिरिएका खेतका गह्राहरूमा
सपनाका बीउहरूले घुँडा टेक्दै गुहार मागिरहेका बेला, खै कहाँ आएको छ असार ?
असार आउनलाई त, फुट्नुपर्छ विकासका मुलहरू, टुट्नुपर्छ पुरातन सोचका ढिस्काहरू,
गाभो बनेर रोपिनुपर्छ किसानको रहरले सपनाका बीउहरू ।

परिवारको खुसी किन्न बाकसभरप् पैसा कमाउन गएको छोरो, आफैँ काठको बाकसमा लास बनेर फर्किएपछि,
औषधि निल्न एक घुट्को सुद्द पानी समेत नभएपछि, गरीबको छाकको ग्यारेन्टी नभएपछि, कहाँ आउँछ असार ?
असार आउनलाई त, ठडिनुपर्छ स्वाभिमानको सगरमाथा,
ढाकिनुपर्छ शान्तिका आकाशले,
लुकेको हुनुपर्छ समृद्विभित्र आमजनताको सन्तुष्टि

बिक्रीमा छन् यहाँ मौलिक संस्कृतिका धरोहरहरू
रोइरहेका छन् लिपियाधुरा, कालापानी र सुस्ताहरू
सिथिल छ देश ऋणको भारीले,
विदेशिएका छन् राष्ट्रका मेरुदण्डहरू,
अनि कहाँ आउँछ असार ?
असार आउनलाई त
पुछिनुपर्छ ती वृद्ध आमाका आजस्र आश्रुधारा
फक्रन पाउनुपर्छ ती नवोदित कोपिलाहरू
सुरक्षित हुनुपर्छ देशका सीमाहरू
न्याय पाउनुपर्छ निर्मला पन्तहरूले
कोरिनुपर्छ देशको सुनौला भविष्यका रेखाहरू
अनि पो, अनि पो आउँछ असार ।
तब पो छाउँछ खुसियाली

(इटहरीको प्रिमियर ग्लोबल स्कुलमा कक्षा १२ मा अध्ययनरत कार्कीको यो कविता हिसान सुनसरीले आयोजना गरेको कविता प्रतियोगितामा विजयी भएको हो ।)

Tags: #साहित्यकवितारक्षा कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

म आफैँसँग नहारूँ (कविता )
कला साहित्य

म आफैँसँग नहारूँ (कविता )

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

म नढलूँ ! जब म हारेको हुन्छु, जराहरू अझ गहिरो बनाऊँ— झरेका पातहरूलाई माटो हुन दिऊँ, त्यही हारकै मलबाट फेरि...

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण
कला साहित्य

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : विश्व आदर्श एकेडेमीअन्तर्गतको साहित्य संस्था ‘विश्व आदर्श साहित्य संघ’का पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत...

चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.