Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेकपा एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बा को हुन् ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
‘म आफैँ बाढी पीडित हुँ, यसको नियन्त्रण मेरो पहिलो प्राथमिकता’ : याम सुब्बा
351
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकामा अहिलेसम्म जित्दै आएको एमाले यसपटक पनि विजय हासिल गर्ने अभियानमा छ ।

उता पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएको कांग्रेस पनि लालकिल्ला तोड्ने दाउमा छ । इटहरीको मेयरमा अघिल्लो निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए ।

उपमहानगरका २० वटा वडामध्ये सात वटा वडामा एमाले, १२ वटामा कांग्रेस र एउटा वडामा तत्कालीन मधेसी जनअधिकारका उम्मेदवार विजयी भएका थिए ।

इटहरीमा २०४८ सालपछि भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयर जित्दै आएको छ । एमालेको विरासत कायमै राख्ने अठोटका साथ निर्वाचन अभियानमा जुटेका छन् एमालेबाट मेयर उम्मेदवार यामकुमार सुब्बा ।

उनले आफूलाई सबै नेताहरूको साथ रहेकाले चुनाव जित्नेमा ढुक्क छन् ।

उनी भन्छन्, ‘सबै क्षेत्रलाई समेटेर पार्टीले उम्मेदवार उठाएको छ । सबै नेताहरूको साथ पाएकाले जित्ने विश्वास राख्छु । उनले इटहरीको समृद्धिका लागि आफूले काम गर्ने बताए ।

अघिल्ला कार्यकालमा विजयी भएका नेताहरूले विकासको जग बसालेकाले आफूले जितेमा काम गर्न सहज हुने उनको विश्वास छ । उनी भन्छन्, ‘समग्र विकासमा समृद्धिको नारा लिएर चुनावी तयारीमा छु, यसपटक पनि एमालेले इटहरीमा जित्छ ।’

एमालेको लालकिल्ला मानिएको इटहरीमा सुब्बाले भनेजस्तो जित्न सहज भने छैन । गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एक भएर मैदानमा होमिएकाले एमालेलाई इटहरीको नेतृत्व गुम्ने हो कि भन्ने त्रास छ ।

सुब्बाको राजनीतिक पृष्ठभूमि

०१५ भदौ २७ गते ताप्लेजुङको सान्थाक्रामा जन्मिएका सुब्बाले ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् ।

भूमिगतकालमा विद्यार्थी राजनीतिमा संलग्न सुब्बा ०३४ सालमा ‘नेपाल ल क्याम्पस’को अनेरास्ववियु एकाइ कमिटी सदस्य हुँदै ०३६ सालको विद्यार्थी आन्दोलनमा १७ दिन प्रहरी हिरासतमा बसेका थिए ।

०४६ सालको जनआन्दोलनमा सहभागी भएका उनी ०५६ असोज ६ गते पार्टीमा संगठित सदस्य भए। उनले एमाले वडा कमिटी सदस्य, सचिव हुँदै नगर कमिटी सचिव र ०६३/६३ को जनआन्दोलन संयुक्त संघर्ष समितिको सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल एमाले इटहरी नगर अध्यक्ष छन् ।

०७१ मा नगरपालिकाबाट तत्कालीन हाँसपोसा, एकम्बा, खनार र पकली गाविस मिलेर उपमहानगरपालिका बनेपछि उपमहानगर कमिटीको संयोजक भएर काम गरेको उनको अनुभव छ ।

०७८ साल कात्तिक ९ गते भएको प्रथम उपमहानगर अधिवेशनबाट पुनः सर्वसम्मत नगरअध्यक्षको जिम्मेवारी पाएका सुब्बा विवादरहित छवि भएका नेताका रूपमा चिनिन्छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व पनि गरेका छन् ।

०७४ को चुनावमा एमालेका चौधरीले कांग्रेसका रोहित प्रसाईलाई पारजित गरेका थिए । चौधरीले २२ हजार ६८९ मत ल्याउँदा प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रकी हरिमाया जिमीको मत तीन हजार ३६४ थियो । राप्रपाका रमेश कार्कीले तीन हजार ७१५ पाएका थिए ।

Tags: #इटहरी उपमहानगरपालिका#स्थानीय तहनिर्वाचनयामकुमार सुब्बास्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.