Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेललाई छ सय शब्दमा चिन्नुहोस्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरीमा हेमकर्ण पौडेलको आशलाग्दो नेतृत्व
435
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा अहिलेसम्म जित्दै आएको एमालेलाई हराउने रणनीतिमा गठबन्धन बलियो रूपमा हाबी भएको छ ।

नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा इटहरी उपमहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल चुनावी मैदानमा छन् ।

पौडेलको राजनीतिक पृष्ठभूमि

२०३५ चैत २१ गते झापाको केरोबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि इटहरी बसेका हुन् । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने उनी तरुण दल सुनसरीको सचिव, नेपाल विद्यार्थी संघ सुनसरीको सचिव, पार्टीको क्षेत्रीय सदस्य हुँदै हाल इटहरी नगर सभापति छन् ।

पौडेल पूर्वका चर्चित नेता हुन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरमा उम्मेदवार उनले नेविसंघबाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाए । युवा, विद्यार्थी र उद्यमीको पक्षमा अनवरत लागिपरेका पौडेल इटहरीका जनताले आशाका केन्द्रका रूपमा लिन्छन् ।

२०५७ सालमा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनीयन (स्ववियू) को निर्वाचनमा नेपाल विद्यार्थी संघबाट सभापतिमा विजयी भए । त्यससँगै निरन्तर राजनीति यात्रालाई अगाडि बढाएका पौडेल हाल नेपाली कांग्रेस इटहरीको नगरसभापति समेत छन् ।

उनको यो तेस्रो कार्यकाल हो । उनी लगातार १२, १३ र १४ औँ महाधिवेशनमा कांग्रेस इटहरीको सभापतिमा निर्वाचित भएका हुन् ।

यसो भन्छन्

उनले अहिलेसम्म इटहरीमा नेकपा एमालेले सत्ता कब्जा गरेर जनतालाई दुःख दिएको बताउँदै भने, ‘हामीले विकासका कुरा उठाउँदै आएका छौँ, विकास भनेको भौतिक विकास मात्रै होइन, हामीले शैक्षिक उन्नयनका कुरा गरिरहेका छौँ, स्वास्थ्यका कुरा गरिरहेका छौँ, मानवीय विकासका कुरा गरिरहेका छौँ ।’

गठबन्धनले इटहरीबासीको आर्थिक, सामाजिक विकासका मुद्वाका कुरा उठाएकाले एकपटक अवसर दिएर हेर्नुपर्ने पौडेलको तर्क छ ।

इटहरीमा एमालेको सरकार रहँदा सर्वहारा नागरिकले आधारभूत आवश्यकता पनि पूरा नगरेको आरोप लगाउँदै पौडेलले भने, ‘एमालेका साथीहरुलाई अहंकार र दम्भ पलायो, जनतामाथि जे गर्दा पनि हुन्छ भन्ने भान भयो, यो कुरा जनतालाई कदापी स्वीकार्य हुनेछैन ।’

उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरू सबैठाउँ पुुग्न नसकिने बताउँदै गठबन्धनको विचार इटहरीबासीकहाँ पुुग्नुपर्ने तर्क राखे ।

इटहरीमा बर्षेनी बाढीले दुःख दिएकाले यसपटक भने गठबन्धनले इटहरीमा नेतृत्व गर्ने भएकाले त्यसको समाधान हुने पौडेल बताउँछन् । ‘इटहरीमा सधैँ एमालेले जितिरह्यो, इटहरीले हारिरह्यो,’ पौडेलले भने, ‘एमाले नेतृत्वको सरकारले धेरै मुद्वा अलपत्र पारेको छ ।’ उनले नेतृत्वमा दूरदर्शिता, क्षमता नभएको आरोप लगाउँदै इटहरीमा विकासले गति नलिएको बताए ।

उनले शेरा खोलाका कारण बर्सेनी बस्तीमा बाढी पस्ने भएकाले त्यसको ठोस कदम नभएकाले अब कांग्रेसको नेतृत्वले त्यसको समाधान गर्ने तर्क राखे । उनले भने, ‘यसपटक कांग्रेसले नेतृत्व गर्ने अवसर पायो भने निर्वाचित भएकै वर्षदेखि काम अगाडि बढ्नेछ ।’

पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका उनी यसपटक एमालेको लालकिल्ला तोड्ने दाउमा छन् । उनले आफूहरू इटहरीलाई साँच्चिकै बदल्ने सोचमा चुनावी मैदानमा आएको बताए ।

उनले भने, ‘हामी इटहरीलाई साँच्चै बदल्ने सोचमा छौँ, तपाईँहरू पनि परिवर्तन चाहनुहुन्छ भने मत हाल्नेबेला मात्रै ३० सेकेन्ड दल परिवर्तन गर्नुहोस् र गठबन्धनलाई मत दिनुहोस्, हामी इटहरी बदल्छौँ ।’

उनले इटहरीमा यसअघि नेकपा एमाले निर्वाचित भएपनि दूरदर्शी नेतृत्व नभएको आरोप लगाए ।

उनले भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुप¥या, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्नेछन् ।’
उनले कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए ।

‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ पौडेलले भने ।

उपमहानगरका २० वटा वडामध्ये सात वटा वडामा एमाले, १२ वटामा कांग्रेस र एउटा वडामा तत्कालीन मधेसी जनअधिकारका उम्मेदवार विजयी भएका थिए ।

इटहरीमा २०४८ सालपछि भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयर जित्दै आएको छ । अबको चुनावमा भने जसरी पनि जित्ने दाबी गर्छन् कांग्रेसबाट मेयर उम्मेदवार पौडेल ।

यसपटक गठबन्धनका कारण पनि आफ्नो चुनाव जित्ने आधार रहेको उनको अंकगणित छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी, माओबादी कन्द्र र जनता समाजवादी पार्टी (जसपा) को मतका कारण पनि आफू र गठबन्धनले चुनाव जित्ने उनको विश्वास छ ।

०७४ को चुनावमा एमालेका द्वारिकलाल चौधरीले कांग्रेसका रोहित प्रसाईलाई पराजित गरेका थिए । चौधरीले २२ हजार ६८९ मत ल्याउँदा प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए ।

यस्तै, माओवादी केन्द्रकी हरिमाया जिमीको मत तीन हजार ३६४ थियो । राप्रपाका रमेश कार्कीले तीन हजार ७१५ पाएका थिए ।

 

Tags: #इटहरी उपमहानगरपालिका#स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९हेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.