इटहरी : इटहरी २० मा उम्मेदवारले नै मत हाल्न पाएनन् ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा इटहरी २० मा राप्रपाबाट वडासदस्यमा उम्मेदवार दिएका शरणबहादुर तामाङले मत हाल्न नपाएका हुन् ।
निर्वाचन आयोगले ५ बजेसम्म मतदान केन्द्रभित्र नछिरेमा मत खसाल्न नपाउने व्यवस्था गरेकाले उनी समयभित्र मतदान केन्द्रमा नपुग्दा मत हाल्न नपाएका हुन् ।
समयमै मतदान केन्द्रभित्र नपुग्दा तामाङले मत हाल्न नपाएको बताइएको छ ।














Discussion about this post