इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
एमालेका भक्त लामाले २,३७२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबाबु थापाले २,०४६ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा लक्ष्मी चापागाईँ, दलित महिला सदस्यमा दिलु बराइली, खुल्ला सदस्यमा अमृतबहादुर बस्नेत र विश्वेस्वरप्रसाद शर्मा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार विजयी सबै नेकपा एमालेका उम्मेदवार हुन् ।
Discussion about this post