इटहरी : विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय विराटनगरले शनिबार बिहान २ बजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए ।
२०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।
त्यसैगरी, उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् ।
कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
Discussion about this post