इटहरी : इटहरी उपमहानगरपालिकामा वडा नं. ४ मा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका भक्त लामालाई वडाध्यक्षका प्रत्यासीले घरै पुगेर बधाई दिएका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारी दिएका विक्रमबाबु थापाले विजयी लामाको घरै पुगेर बधाई दिएका हुन् ।
आफू पराजित भएपछि विजयी लामालाई उनले घरै पुगेर बधाई दिएर उदाहरणीय काम गरेका हुन् ।
इटहरी ४ मा नेकपा एमालेको गढ रहेपनि यसपटम आफूहरूले जित्नका लागि प्रयास गरेपनि असफल भएको थापाले बताए ।
उनले हिजोको दिनमा चुनावी दौडमा रहँदा प्रतिष्पर्धी भएपनि अब विकास निर्माणमा सहकार्य गरेमा आफ्नो साथ रहने बताए ।
उनले भने, ‘हिजोको दिनमा हामी प्रतिष्पर्धी थियौँ, अब उहाँले विकास निर्माणमा साथ मागेको अवस्थामा सधैँ सहयोग गर्नेछु ।’














Discussion about this post