इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ९ मा नेकपा एमालेका जीतेन्द्र थापाको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार थापाले १,४६० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द घिमिरेले ९८८ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा सञ्जु प्रधान, दलित महिला सदस्यमा राधिका विश्वकर्मा, खुल्ला सदस्यमा कल्पन कुमार घिमिरे र शिवराम शर्मा निर्वाचित भएका छन् ।
निर्वाचन सबैजना नेकपा एमालेका उम्मेदवार हुन् ।
Discussion about this post