इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसका चन्देश्वर सरदार निर्वाचित भएका छन् ।
इटहरीमै पहिलोपटक दलित समुदायबाट उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार सरदारले १,५४१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवनारायण चौधरीले १,४२८ मत प्राप्त गरे । चौधरी यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
इटहरीमा २० वटा वडामध्ये सरदार नै पहिलोपटक दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, महिला सदस्यमा कांग्रेसकी प्रियङ्का चौधरी, दलित महिला सदस्यमा गुञ्जा सरदार, खुल्ला सदस्य (एक चिह्न) मा दुर्गाप्रसाद कट्टेल र खुल्ला सदस्य (दुई चिह्न) मा एमालेका नयन्द्र बस्नेत निर्वाचित भएका छन् ।
Discussion about this post