इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १० र ११ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १० मा नेकपा एमालेका अवधेश चौधरी निर्वाचित भएका छन् । उनले १,२०९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका झमकप्रसाद पराजुलीले ९३७ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा एमालेकै तारादेवी ढकाल, दलित महिला सदस्यमा पदममाया विश्वकर्मा, खुल्ला सदस्यमा रामनारायण चौधरी र अमर श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, इटहरी ११ मा पनि नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका केशवप्रसाद कोइरालाले ७८० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खडकनारायण चौधरीले ७६४ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा नेकपा एमालेकी मानली चौधरी, दलित महिला सदस्यमा निरु सरदारनी, खुल्ला सदस्यमा भेदुलाल विश्वास र किशोर काफ्ले निर्वाचित भएका छन् ।
Discussion about this post