इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सपथ लिएका छन् ।
लोकतान्त्रि गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित पौडेलले आज सपथ ग्रहण लिएका हुन् ।
पौडेललाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायधीश कैलाश सुवेदीले सपथ ग्रहण गराए । सपथ ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
यस्तै, इटहरी उपमहानगरपालिकामा उपमेयर संगीता चौधरीसहित २० वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराइएको छ ।
Discussion about this post