नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनर्स्थापना गर्नुको विकल्प नरहेको बताएका छन् ।
इटहरीमा सरकारको असंवैधानिक कदम विरुद्ध नेपाली काँग्रेसको भातृ संगठनहरुले गरेको विरोध सभामा बोल्दै नेता कोइरालाले संविधान विपरीत ओली सरकारको गलत कदम विरुद्ध आफूहरु आन्दोलन गरेर नथाक्ने बताए ।
ओली सरकार १ मिनेट पनि सरकारमा बस्न लायक नभएको आरोप लगाउँदै उनले संसद पुनर्स्थापना गरेर अगाडि बढ्न चेतावनी दिए ।
संसद विगठनमा राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिका नकरात्मक रहेको उल्लेख गर्दै उनले काँग्रेस चुनावमा जान तयार रहेपनि अहिलेको अवस्थामा संसद पुनर्स्थापनानै अन्तिम विकल्प रहेको उनको भनाई थियो ।














Discussion about this post