धरानमा भएको दुर्घटनामा दुईजना घाईते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान ८ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–३–०१–०२४ च ५१६६ नं. को कारले खानेपानी कार्यालयबाट निकाल्दै गरेको प्र–३–०१–०२३ च ४८२६ नंं. को बुलेरो अख्तियार इटहरीको गाडीलाई ठक्कर दिँदा बुलेरो उछिट्टिएर गई सोही स्थानमा रोकेर पखाल्दै गरेको को २ ख ३५११ नंं. को बसलाई ठक्कर दिएको थियो ।
साथै दुर्घटना भएको कारमा दक्षिणतर्फ जाँदै गरेको को ३६ प ३८७७ नं. को मोटरसाइकल समेत ठक्कर भएको थियो ।
दुर्घटनाबाट मोटरसाइकल चालक जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका ४ बस्ने बर्ष २८ को रुपेश मगर र बुलेरोमा सवार अख्तियार दुरुपयोग इटहरीमा कार्यरत प्रहरी जवान सुरेश खड्का घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चार वटै सवारी साधन तथा बस चालक धनकुटा सागुरीगढी गाउँपालिका ७ बस्ने बर्ष ५२ को बलन राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै, कार चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका ४ बस्ने बर्ष ४९ को द्वारिका पोख्रेल घोपा प्रहरीको नियन्त्रणमा रहेका छन् । बुलेरो चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने बर्ष ४५ को चन्द्र ढकाल प्रहरी सम्पर्कमा रहेका छन् ।














Discussion about this post