इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ सुनसरीले पूर्णता पाएको छ । इटहरीमा एक कार्यक्रमका बीच संघले पूर्णता पाएको हो । जिल्ला संयोजक अरुण गुरुङको उपस्थितमा १ सय ५ सदस्य रहने गरी सङ्गठन बिस्तार गरेको छ ।
साथै भेलाले कार्यालय सदस्य र स्थानीय तहमा संयोजक र सह संयोजकको जिम्मेवारी समेत तोकेको छ । कार्यालय सदस्यमा पुकार पोख्रेल, सुजन लामा, रबि कार्की, रञ्जु सिग्देल र लक्ष्मण शाह रहेका छन् ।
कुन स्थानीय तहमा कसलाई जिम्मेवारी ?
सुनसरीमा १२ स्थानीय तह मध्ये धेरै स्थानीय तहमा केही समय अघिको भेलाले जिम्मेवारी दिइसकेको छ भने बाँकीलाई बुधवार नै दिएको छ ।
इटहरी उपमहानगरमा संयोजक कमल दाहाल (विष्ट) सह–संयोजकमा सन्जित शाह, धरान उपमहानगरमा संयोजक भवानी दाहाल रहेका छन् भने सह–संयोजक भने तोकिएको छैन ।
यस्तै, दुहबी नगरपालिकाको संयोजकमा सन्तोष तामाङ सह–संयोजकमा नीरज चौधरी, गढी गाउँपालिकाको संयोजकमा अतित चौधरी सह–संयोजकमा दिपेश यादव, बर्जु गाउँपालिकाको संयोजकमा रोशन चौधरी सह–संयोजकमा जय नारायण गुरुङ रहेका छन् ।
यस्तै, कोशी गाउँपालिकाको संयोजकमा धिरेन्द्र पाठक सह–संयोजकमा राजेन्द्र यादव, देवानगञ्ज गाउँपालिकाको संयोजकमा सुरज मेहता छन् भने सह–संयोजक तोक्न बाँकी रहेको छ ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको संयोजकमा रमेश कुमार यादव सह–संयोजकमा इसाक अन्सारी, रामधुनी नगरपालिकाको संयोजकमा अनिश साह सह–संयोजकमा विजय मटल ठकुरीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, बराहक्षेत्र नगरपालिकाको संयोजकमा मणिराज तामाङ सह–संयोजकमा रबिन राई, इनरुवा नगरपालिकाको संयोजकमा प्रताप भट्टराई छन् भने सह–संयोजक भने तोकिएको छैन ।
त्यस्तै, हरिनगर गाउँपालिकाको संयोजकमा जियाउँदिन अन्सारी सह–संयोजक साजिद आलम रहेका छन् ।
स्थानीय तहमा बाँकी रहेका पद पनि केही दिनमै तोक्ने तयारी रहेको जिल्ला संयोजक अरुण गुरुङले जानकारी दिए ।
Discussion about this post