नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बृद्धि गरेको छ ।
बुधबार राती १२ बजे देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपि ग्यासको मूल्य बृद्धि गरेको हो ।
प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र हाल १ फेब्रुअरी र १६ जनवरीमा ईण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ र ग्यासमा प्रतिलिटर २५ रुपैयाँ बृद्धि गरी मुल्य समायोजन गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।














Discussion about this post