झापा : झापाको गौरादह गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई १० हजार घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
स्थानीय होटलबाट घुस रकमसहित पक्राउ परेका वडा सचिव साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
















Discussion about this post