धरान : यसपटक बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण नहुने भएको छ ।
कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसकेपछि गोल्डकप नहुने भएको हो ।
धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष किशोर राईका अनुसार २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो ।
प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएको भएपनि यसपटक कोरोना महामारीले गोल्डकपलाई पनि असर पुगेको राईले बताए ।
आयोजक क्लबले गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए ।












Discussion about this post