Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ७, २०७७
in समाचार
0
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो
703
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको ढुङ्गा ‘खुवालुङ’ बचाउ अभियान चलाएपछि सरकारले उक्त ढुङ्गा नफुटाउने भएको छ । खुवालुङ फुटाउने चर्चा चलेसँगै किरात राई यायोक्खाले त्यसको विरोध गरेको थियो ।

गत फागुन ८ गते विराटनगरको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा जेटबोट सञ्चालन गर्दा नदीका बीच–बीचमा भएका ठूला ढुङ्गाले बाधा पु¥याउने भएकाले सहजताका लागि फुटाउने चर्चा गरेका थिए । ओलीको उक्त भनाइ सार्वजनिक भएपछि किरात राई यायोक्खाको ध्यानाकर्षण भएको थियो ।

किराती इतिहास, संस्कृति, सभ्यता, आस्था, विश्वास र मुन्दुमका अध्येयताहरूले प्रम ओलीको उक्त भनाइप्रति असहमति जनाउँदै खुवालुङ बचाउन अभियान सुरु गरेका थिए । अभियान सुरु भएको बेला भाडा विवादमा जेटबोट सञ्चालक र अभियन्ताहरूबीच विवाद उत्पन्न भएको थियो ।

उक्त विवाद सामान्य भएपनि जेटबोटका स्टाफमाथि कुटपिट भएपछि प्रहरीले दिनेश राई, साजन राई, सुनिल गोले तामाङ, सन्दीप क्षेत्री, प्रल्हाद खड्का लगायतलाई पक्राउ गरेको थियो । उनीहरूको पक्राउपछि खुवालुङ विवाद झन् चर्किएको थियो ।

सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरूमा खुवालुङ अभियन्ता पक्राउ परेको समाचार आयो भने प्रहरीले खुवालुङ विवादमा पक्राउ नगरी कुटपिटमा संलग्नहरूलाई पक्राउ गरेको जनाएको थियो ।

यसैबीच यायोक्खाले खुवालुङ बचाउन सङ्घीय सरकार र प्रदेश सरकारसँग अनौपचारिक छलफल गरेपछि विवाद क्रमशः साम्य हुँदै आएको हो । खुवालुङ क्षेत्र भेला आयोजक समितिका संयोजकसमेत रहेका यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईले खुवालुङ फुटाउने विषयमा उत्पन्न विवाद समाधान गर्न र खुवालुङ बचाउने बारे मुख्यमन्त्री शेरधन राईसँग अनौपचारिक छलफल यायोक्खाका केन्द्रीय समितिले गरेको बताए ।

उनले भने, ‘खुवालुङ फुटाउने भन्ने जुन तयारी थियो, त्यो तत्कालका लागि रोकिएको छ । किनकी यो हाम्रो इतिहास र आस्थाको केन्द्र भएकाले संरक्षणका लागि उपाय खोज्न प्रदेश सरकारसँग आग्रह गरेका छौं ।’

आधा दशक अघिदेखि नै वराहक्षेत्रको चतरा पुलबाट दूधकोशी र अरुण नदीमा जेटबोट सञ्चालन गर्दा खुवालुङलगायत अरू ढुङ्गाले बाधा पु¥याएको भन्दै जेटबोट सञ्चालकहरूले ती ढुङ्गा फुटाउन अध्ययन गरेका थिए ।

सरकार पनि सहजरूपमा जेटबोट सञ्चालनका लागि नदीका ठूला ढुङ्गा फुटाउन सहमत भएको थियो । यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने निर्णय कतै पनि नभएको बताए । खुवालुङबारे विवाद चर्किएपछि मुख्यमन्त्री राईले भने, ‘खुवालुङ विवाद अचानक निकालियो । कसले के स्वार्थ पूरा गर्न यो विवाद निकाले मलाई थाहा भएन । तर, खुवालुङ किराती इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएकाले फुटाउने भन्ने कुरै उठ्दैन ।’

उनले किराती मुन्दुम र संस्कृतिसँग जोडिएको खुवालुङको संरक्षणमा आफू लागेको बताए ।

ब्लाष्टखबरमा समाचार छ ।

Tags: इतिहासखुवालुङसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद
समाचार

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भीरमा रहेको ओडारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३
संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

साउन १७, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.