इटहरी : राष्ट्रिय युवा संघ इटहरी उपमहानगरपालिका कमिटीले जेब्रा क्रसिङ निर्माण गरेको छ ।
इटहरी चोक नजिकै रहेको पश्चिम लाइनमा युवा संघले सोमबार विहान जेब्रा क्रसिङ निर्माण गरेको हो
नगर संयोजक कमल दहालको नेतृत्वमा जेब्रा क्रसिङमा रंगरोगन लगाइएको थियो । उनका अनुसार दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरिएको हो ।
यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले सचेत गराउनका लागि जेब्रा क्रसिङमा रंगरोगन लगाइएको दाहालले बताए ।
नगर इन्चार्ज सुजन लामाले आगामी दिनमा पनि युवा संघले रचनात्मक काम गर्ने जानकारी दिए ।













Discussion about this post