धरान : धरान १६ स्थित जोर सखुवा निवासी १८ वर्षीय प्रभात रानाले ब्याट्रीबाट चल्ने इबाइक बनाएका छन् ।
पहिलो चरणमा डेमोको रुपमा ब्याट्रीबाट चल्ने इबाइक बनाएर आफू पढेको सियोन स्कुलको हाताभित्र पहिलो पल्ट चलाएर प्रदर्शन गरेका हुन् ।
सो स्कुलमा कक्षा तीनदेखि १० सम्म अध्यनरत विद्यार्थी रानालाई हौसलाको निमित्त सियोनका प्रिन्सिपल सञ्जीव बान्तवा राई लगायत अन्य शिक्षकले नगदसहित खदा लगाएर सम्मान समेत गरेका थिए ।

इबाइक निर्माता रानाले यो पहिलो अवस्थाको तयार गर्दा झण्डै ३० हजार लागत परेको बताए । आधा घन्टा ब्याट्री चार्ज गर्दा ६ किलोमिटर चल्ने र ब्याट्रीको क्षमता बढाउन सकेमा प्रतिघन्टा ६० किलोमिटर सम्म चलाउन सकिने उनले बताए ।
करीब दुई महिनाको अवधिमा तयार भएको उक्त इबाइकको भित्री भाग वाटरप्रुफ बनाउन, हाईड्रोलिक ब्रेक, राम्रो टायर लगाएर बनाउंदा लगभग ८० हजारमा तयार हुने उनको भनाइ छ ।

“पढाइसँगै नेट चलाउने बानी हुँदा लकडाउनको समयभन्दा अगाडि पेेट्रोलियम पदार्थको मूल्यवृद्धि, धुवाँको प्रदुषण समस्या र लाइसेन्सको झन्झट यी सबै कुरालाई मध्यनजर गरेर सोछ बनाएँ,” उनले भने, “तयारी गर्नुपूर्व नेटमा सर्च गरेर सबै आवश्यक समान जुटाउन दुई महिना लाग्यो ।”



















Discussion about this post