Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकार महासंघ सुनसरीमा चुनावी सरगर्मी बढ्यो, अध्यक्षमा चारजनाको उम्मेद्वारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०७७
in समाचार
0
पत्रकार महासंघ सुनसरीमा चुनावी सरगर्मी बढ्यो, अध्यक्षमा चारजनाको उम्मेद्वारी
448
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्ला कार्यसमितिमा २० पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ ।

आइतबार इटहरीको लायन्स क्लबको हलमा मनोनयन दर्ता गर्ने क्रममा २० पदका लागि ४६ जनाले उम्मेद्वारी दिएका हुन् ।

अध्यक्ष पदमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतारी नेपालको तर्फबाट साझा उम्मेदवार जनकऋषि राई, प्रेस चौतारी नेपाल ओली पक्षबाट सन्तोष काफ्ले, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद् गुरागाईँले उम्मेद्वारी दिएका छन् ।

उपाध्यक्षमा गणेश निरौला र सुमन पुरी, उपाध्यक्ष महिलाको उम्मेदवारमा रञ्जना पौडेल, उषाकिरण भट्टराई, मनिता चाम्लिङ र सुमित्रा राईको उम्मेद्वारी परेको छ ।

सचिव पदको उम्मेदवारमा ध्रुव ढकाल, दिनेश गजमेर, पर्शुराम बाह्रकोटी र भरतराज शर्माको उम्मेदवारी परेको छ । सहसचिवमा तीर्थबहादुर कार्की, विकल रेग्मी र हिमाल राईको उम्मेदवारी परेको छ ।

यसैगरी सहसचिव समावेशीमा प्रदीप कुमार चौधरी र भोला श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा अजित कुमार झा, कृष्ण बहाव भट्टराई र निशान थारुको उम्मेदवारी परेको छ । महिला सदस्यमा देवीका चाम्लिङ राई र शान्ता निरौलाको उम्मेदवारी परेको छ ।

दलित सदस्यमा पुनम विश्वकर्मा र सुविन विश्वकर्मा, मधेसी सदस्यमा वीरेन्द्रकुमार शाह र लुकमान अन्सारी, सदस्य जनजातिमा पारस राई र सदस्य समावेशी, अल्पसङ्ख्यकमा मोहम्मद मिकाईलको उम्मेदवारी परेको छ ।

जिल्ला कार्य समितिको खुल्ला सदस्यमा विवेक रेग्मी, रामबहादुर कटवाल (आरबी), संगम विष्ट, सुस्मिता राई, सुक्रान्त राई, विनोद आचार्य, निश्चल शर्मा, अर्जुन पौडेल, जमुना श्रेष्ठ, जीवन विष्ट, दीपेन्द्र कुमार यादव, नवीन चर्मकार, वसन्त बान्तवा राई, विजयकुमार राई, मोहम्मद मुस्ताक आलम, रमेश पौडेल र त्रिलोचन पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी केन्द्रीय परिषद् सदस्य खुल्लामा ७ जना, केन्द्रीय परिषद् सदस्य महिलामा २ जना, केन्द्रीय परिषद् सदस्य समावेशीमा ६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश परिषद् सदस्य खुल्लामा २० जनाको, प्रदेश परिषद्को महिला सदस्यमा १ जना कानुन कार्कीको उम्मेदवारी परेको छ ।

यसै गरी प्रदेश समावेशी सदस्यमा ७ जनाको पदमा ५ जनाको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारीको दाबी विरोधको समय सोमबार साढे १२ बजे सम्म उम्मेदवारी फिर्ता दिउँसो २ बजे सम्म र अन्तिम नामावली प्रकाशन सोमबार अपराह्न ४ बजे हुने निर्वाचन अधिकृत विष्णु बरालले जानकारी दिए ।

उम्मेद्वारी दर्तासँगै चुनावी सरगर्मी पनि बढेको छ । एक पदका लागि अध्यक्षमा चारजनाको उम्मेद्वारी परेपछि अहिले कसको पल्ला भारी हुने भन्ने विषयमा पनि चिया पसलहरुमा गफ हुने गरेको पाइन्छ ।

युनियनका तर्फबाट दुईजनाले बागी उम्मेद्वारी दिएपछि पनि यतिबेला चुनावी सरगर्मी बढेको हो ।

Tags: #पत्रकार#सुनसरीपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    489 shares
    Share 196 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.