इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले सुनको गहनाहरु कुच्चाइएको अवस्थामा फेला पारेको छ । काठमाडौँबाट बिराटनगर आउँदै गरेको ना.८ ख. ४२५२ नम्बरको को मुनाल नामक यात्रुवाहक बसमा चालकको सिटनजिकै सुनको गहना प्रहरीले फेला पारेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
उनले टाकुरासँग भने, हामीले चेकजाँच गर्ने क्रममा उक्त गहना भेटेका हौँ, सम्बन्धित धनीले आवश्यक बिल भरपाई कागजातहरु लिई आएमा फिर्ता गर्नेछौँ ।
सुनको वास्तविक हकदार पत्ता लगाउन इलाका प्रहरीले सम्बन्धित धनीले आवश्यक विलसहित समपर्क गर्न सुचना जारी गरेको छ ।
हातमा लगाउने गहना टुक्रा–टुक्रा भएको र प्लाष्टिकको पोका पारिएको अवस्थामा उक्त सुन फेला पारिएको बताईएको छ ।
डीएसपी भण्डारीका अनुसार बसका चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनले उक्त सुन चोरी गरेको भए थप कारबाही हुने र अहिले अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।
Discussion about this post