इटहरी (डेस्क) : आज एकैदिन एक सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो दैनिक मृत्युदरमध्ये सबैभन्दा धेरै हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ९,१७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।












Discussion about this post