पाँचथर : पाँचथरमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमितको संख्या दिनानुनि बढिरहेको छ । मंगलबार बिहान सम्ममा संक्रमितको संख्या ४७ पुगेको छ ।
सोमबार पाँचथरमा १३ जना नयाँ संक्रमित थपिएका थिए । सदरमुकाम फिदिममा पाँच संक्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिएका छन् ।
फिदिममा यसअघि भेटिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।
यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक गाउँपालिका–४ थर्पुमा पाँच र याङवरक–२ फलैंचामा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो ।












Discussion about this post